न्युयोर्कमा रहेका नेपाली समुदाय द्वारा ई (एण्डी) चेनको समर्थनमा बृहत कार्यक्रम

बैशाख ९, काठमाडौं । न्युयोर्कको क्विन्स, ज्याक्सन हाईट्सको डाइभरसिटी प्लाजामा न्युयोर्क सिटी काउन्सील डिष्ट्रिक २५ का उम्मेदवार ई (एण्डी) चेनको समर्थनका लागि बृहत सांस्कृतिक कार्यक्रम सहितको समर्थन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकुरुम्दाली राईको समुहले उम्मेदवार ई चेनलाई नेपाली टोपी, व्याच, माला र खादा द्वारा सम्मान सहित समर्थन गरी ज्याक्सन हाइट्स परिक्रमा गरी डाइभरर्सिटी प्लाजा पुगी कार्यक्रमको औपचारीक सुरुवात गरिएको थियो ।

कार्यक्रमको सुरुवात चेनका क्याम्पियन उप-ब्यवस्थापक दिपेन्द्र लामाले गरेका थिए भने आफुले ई चेनलाई उप-ब्यवस्थापकको रुपमा सहयोग गर्नुको मुख्य कारण नेपाली समुदायलाई पनि अमेरिकी राजनीतिमा लाग्न उत्प्रेरित गराउन, नेपाली सामुदायिक भवन निर्माणमा टेवा पुर्याउन,सरकारी निकायमा नेपाली मुलका प्रतिनिधित्व गराउनका साथै आर्थिक बिकास र पहिचानको निमित्त सहयोग पुर्याउने प्रतिबद्धता जनाएको जानकारी गराउदै कार्यक्रमको संचालन पनि गरेका थिए।

ई चेनका नेपाली अमेरीकन कार्यक्रम संयोजक नेपाली मुलकी सुजना राईले स्वागत मन्तव्य राख्ने क्रममा ई चेन सिटी काउन्सीलका उम्मेदवार नेपालीका लागि मात्र नभई डिष्ट्रिक २५ मा बस्ने सम्पुर्ण आप्रवासीहरुका लागि सही उम्मेदवार र सबैका हकहितमा काम गर्न सक्ने व्यक्तित्व रहेको बताएकी थिइन् ।

त्यसै गरी डिष्ट्रिक्ट २५ का सिटी काउन्सील उम्मेदवार ई चेन जिताउ अभियानका नेपाली समुदायका लागि प्रचार प्रसार समिति नेपाली समुदायका अग्रज केशब राम राईको संयोजकत्वमा १०१ सदस्य सहितको प्रचार प्रसार समिति गठन गरेको घोषणा गरेका थिए । उक्त कार्यक्रममा राईले ई चेन बारे बोल्दै नेपाली समुदायहरुको लागी रक्तदान कार्यक्रममा सहयोग, PPP बितरणमा सहयोग, हरेक हप्ता खाना बितरण, खेलाडिहरुको प्रोत्साहनको निमित्त खेलकुद सामग्रि बितरण, सर्वसाधारणहरुलाई न्यानो कपडा बितरण जस्ता कार्य गर्नुका साथै बिभिन्न सामाजिक कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आईरहेको र नेपाली समुदाय संग धेरै नै नजिक रहेर सहयोग गर्दै आई रहेकोले गर्दा मैले समर्थन गरेको जनाऊदै कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए।

कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा NRNA ICC का पुर्व DRC तथा वर्तमान NRNA का संरक्षक नबिन शेरचन, प्रवासी नेपाली एकता मंच (ONUF) का अध्यक्ष टेक गुरुङ ,प्रवासी नेपाली एकता मन्च (ONUF) कै बरिष्ठ उपाध्यक्ष यम मोक्तान ,जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट र नेपाल आदिबासि जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष लोक चेमजोंग ले शुभकामना मन्तव्य सहित समर्थनको प्रतिबद्दता जाहेर गर्नु भएका थिए।

कार्यक्रममा एनआरएनए अमेरिकाका पुर्वक्षेत्रिय उपसंयोजक तथा हालका संरक्षक नविन शेरचनले अमेरिकी मुलधार राजनीतिमा प्रवेश गर्नु सबैको आवश्यक्ता रहेको बताउँदै भावि सन्ततीलाई यसमा समावेश गराउन जरुरी रहेको भन्दै ई चेनका लागि भोट मागेका थिए ।

त्यसैगरी प्रवासी नेपाली एकता मन्चका अध्यग्क्ष टेक गुरुङले ई चेन नेपाली समुदायसँगको धेरै कुरामा नजिक रहेर सहकार्य गर्दै आएको बताउँदै अन्य उम्मेदवारको हिसावमा उनी योग्य र आवश्यक व्यक्ति रहेकोले सबैले सहयोग गर्नुपर्ने बताउदै सबैमा भोटका लागि अपिल गरेका थिए ।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले छिमेकी मुलुक चीनका नागरिक नेपाली समुदायसँग धेरै कुरामा मिल्दो जुल्दो भएकाले उनलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै चेनले नेपाली मुदायको ठूलो समर्थन पाएको हुनाले चुनाव जिति सकेको भन्दै बधाई तथा जितका लागि अग्रिम शुभकामना दिएका थिए ।

कार्यक्रममा जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायले पनि चासो र प्रवेश गर्नु अहिलेको आवस्यकता रहेको भन्दै सबैको सहयोग लिँदै र दिँदै अगाडि बढ्नुपर्ने बताए । चेम्जोङले सधै चन्दा उठाएर मात्र संस्था चलाउने नभएर सिटी गभर्मेन्टबाट पनि सहयोग लिने वातावरण बनाउनु पर्छ त्यसैले चेन संग सहकार्य गर्दै एदी हामीले जिताउन सफल भयौ भने नेपाली समुदायको ठुलो जित हुनेछ भनि भोटको अपिल गरेका थिए।

त्यसैगरि कार्यक्रमको अन्त्यमा उम्मेदवार ई (एण्डी) चेनले मन्तव्य राखेका थिए। मन्तव्यमा यस्तो विषम परिस्थितिमा पनि नेपाली समुदायबाट यस्तो भव्य कार्यक्रम आयोजना गरेर समर्थन गरेको भन्दै सबैलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।

उनले अहिले कोरोना महमारीका कारण सबै प्रभावित भएको, धेरैको व्यवसायमा समस्या देखिएका तथा पछिल्लो समयमा ‘एसियन हेट’ को समस्या ज्यादै बढेको भन्दै सबै मिलेर यो समस्या समाधानका लागि लाग्नु पर्ने बताए ।

‘हाम्रो जिल्लामा धेरै काम गर्नु छ त्यस कामका लागि म अघि बढेको छु,’ उनले भने, ‘ संसारको जुन सुकै कुनाबाट आएर अमेरिकामा बसेको भए पनि सबै मिलेर बस्नु पर्ने र सबै मिलेर कम्युनिटीको हितमा काम गर्नु पर्छ । अपाङ्गता भएका, वृद्धवृद्धा बालबालिका तथा शिक्षाका लागि हामीले अझै धेरै काम गर्नु छ ।’                                         

उनले सबै मिलेर कम्युनिटीलाई बलियो बनाउनु पर्ने जोड दिदै। चेनले नेपाली समुदायको निम्ति आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नेपाली भाषा, सस्कृति, संस्कार संरक्षण मात्र नभई बिभिन्न सरकारी निकायमा सहजताको लागि नेपाली सामुदायिक भवन निर्माण गर्ने, सरकारी निकायमा प्रतिनिधित्व गराउनको निम्ति कम्तिमा एकजना कार्यलयको प्रशासनमा नियुक्ति दिने, आर्थिक बिकासका लागि कार्यक्रमहरु आयोजना गरि साना ब्यबसायहरुलाई सहयोग गर्ने र नेपालीहरुका लागि अमेरिकामा अमेरिकी सरकार “नेपाल डे” को लागि पहल गर्नुका साथै बिल कोर्ने कार्य सुरु गरिसकेको र यहि बर्षको अन्त्य सम्ममा गभर्नर बाट बिल पास गराउने प्रतिबद्धता गरेका थिए। त्यति मात्र नभई उनले नेपालीहरुका लागि खेलकुद मैदान तथा खेलकुद क्षेत्रका लागि सहज र सजिलो हुने गरी योजना अगाडि बढाउने, पार्कहरुको व्यवस्थाका लागि आवश्यक योजना बनाउने लगायतका विभिन्न काममा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा कलाकार बसन्ती राई र सुवर्ण शाक्यले विभिन्न गीत गाएर रमाइलो गराएका थिए भने रोशन राई र फुर्साङ्ग तामाङले नृत्यु प्रस्तुत गरेका थिए। साथै हेवेन्ली पाथ अमेरिकाको टिमले “प्राण रहुन्जेलसम्म अरुको सेवा गर्न पाउ” भन्ने भावसहितको लभिजम एन्थम सुनाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.