NRNA NCC USA २०२१-२३ न्युयोर्क च्याप्टरमा शिब बानियाको अध्यक्ष पदको लागी उम्मेदवारी

शिव बानिया नेपालको काँस्की जिल्लाको पोखरा सराङ्गकोटमा जन्मिएका हुन । हाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको न्यूयोर्क च्याप्टरको २०१९-२१ उपाध्यक्षको रुपमा सामाजिक सेवा गरीरहेका शिव यस भन्दा पहीले नेपालमा रहदा पृथ्विनारायण क्याम्पसमा अध्ययन गर्दै गर्दा बिधार्थी राजनितीमा सकृय रही २००९ मा संयुक्त राज्य अमेरीका, न्युयोर्कमा पाईला टेकेका हुन्।

बानियाँको सामाजिक र राजनैतिक क्षेत्रमा सहभागीता र योगदान महत्वपुर्ण रहदै आईरहेको छ । काँस्की समाज अमेरीकाको केन्द्रिय सदस्य, रोटरी क्लब र जनसम्पर्क समिति लङ्ग आइल्याण्डको कोषाध्यक्षको रुपमा कार्य गरीसकेका शिव बानिया कोरोना महामारीले अस्तब्यस्त बनाएको बेला नेपालीहरुको बाक्लो बसोवास रहेको न्युयोर्क र आसपासको क्षेत्रमा आफ्नो स्वास्थ्यको स्वार्थ भन्दा माथि रही जनभलाईको निमीत्त अहोरात्र खटेका थिए । एनआरएनए एनसीसी अमेरिकाको २०१३ मा सदस्यता लिएका बानिया हाल ४१४० सदस्य रहेको न्यूयोर्क च्याप्टरमा अध्यक्षका लागि प्रत्यासी बनेका छन्।

न्यूयोर्क जहॅा नेपालीहरुको बाक्लो बस्ति भएको ठाउँ, नेपाली राजनेताहरु आउने-जाने ठाउँमा एउटा नेपाली सामुदायिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने युवाहरुको सक्रियता, खेलकुदको नियमित संचालन, नेपाली समुदायको श्रोत केन्द्र जस्ता कुराहरु आफ्नो प्राथमिकताका कुरा हुन्। त्यसकारण पनि म NRNA NCC New York Chapter २०२१-२३ को अध्यक्षको लागी योग्य छु भन्ने कुरा हामीलाई राखेका छन्। च्याप्टर अध्यक्षमा बिजयीको लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.