न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

न्यूयोर्क (New York City Council District-25) सिटी काउन्सिल सदस्य- २५ का लागि उम्मेदवार( Yi “Andy” Chen) चिनिया अमेरीकन यी (एंडी)चेनले आफ्नो चुनावी अभियानको लागी नेपाली मुलका दिपेन्द्र लामा लाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको हो ।

“यी चेनले” आफ्नो अफिसियली उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निमीत्त बोल्ने अधिकारबाट बंचित हुनु हो । हामीले चुनावी अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउन र सिटीमा हाम्रो स्थान सुरक्षित बनाउनको लागी हामीले कुनै कसर बाकी नराखेको र चुनावी अभियानमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो । भोट गरी बिजय हुने समय मार्च २२, २०२१ लाई ईंगित गर्दै यी चेनले उनको चुनावी अभियानलाई सहयोग पुर्याउनको लागी धेरै भन्दा धेरै स्वयंसेवकहरुको आवश्यक हुने भएकोले इच्छुकले निम्न सम्पर्क नम्बर (646) 623-6545 वा WeChat “tony1978903” टिममा जोडीएर सहयोग गक्न अनुरोध गर्नुभएको थियो ।

यस अभियानमा अभियान प्रमुखको रुपमा नेपाली मुलको दिपेन्द्र  लामा चयन गर्दै लामाको माध्ययमबाट दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पकिस्त्तान, बंगलेदेश र एशियन राष्ट्र थाइलैन्ड, फिलिपिन्सको साथै अन्य समुदाय संग सहकार्य गरी अगाडी बढ्ने कुरा यी चेन ले जानकारी गराउनु भएको थियो । दिपेन्द्र लामाले अमेरीकन राजनितीको यो स्तरको चुनावी अभियानमा ई चेनको सहयोगी बनेर काम गर्नुको उदेश्य भनेको अमेरिकीभुमीमा नेपाली समुदायको विकास र हितको निम्ति अमेरिकी मुलधारराजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता अति आबश्यक रहेको महशुस भएकोले पनि म यो चुनावी अभियानमा लागेको हो । लामाले भन्नु भयो । चुनावी अभियान सफल भए नेपाली अमेरीकी समुदायको बिकासको निमित्त हामी यि कामहरु गर्नेछौ भनि बुंदागतरुपमा आफ्नो एजेण्डा प्रस्तुत गर्नु भएको थियो ।

१. नेपाली सामुदायिक भवन केन्द्र निर्माण गरी नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै सबै पुस्तालाई एकसाथ आगाडी बढाउँदै बलियो समुदायको निर्माण गरि आउँदो पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु।

२.  नेपाली समुदायको विकासको निमित्त कुनै पनि सरकारी निकायमा नेपाली समुदायबाट प्रतिनिधित्व गर्न ।

३.  दक्षिण एशियाली मूलमा / नेपाली सल्लाहकार परिषद गठन गरि नेतृ्तवदायी भुमीकामा सकृय सबैलाई एउटै छाता मुनि ल्याउन ।

४.  नेपाली समुदायको  आर्थिक विकासको लागि ‘नेपाली चेम्बर अफ कमर्स’ गठन गर्न मद्दत गरि नेपाली ब्यापारिक समुदायलाई सक्रिय रूपमा सहयोग पुर्याउनु ।

५.  अमेरिकी सरकारमा नेपाली समुदायको लागि  नेपाली दिवस अमेरिकाकामा मनाउने  अवसर प्रदान गराउन ।

चुनावी अभियानको कार्यालय:- 83-16 Cornish Ave, Elmhurst, NY 11373 समय :- बिहान १०:०० – ८:०० बजे सम्म खुल्ला रहने छ । अन्य जानकारीको लागी :-yichenforcitycoucil@gmail.com

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.