गणेश भण्डारी
साउन २१, काठमाडौं ।
हिजो जुन आरोप खेपेर राजिनामा गरेका थिए आज तिनै आरोप लगाउनेहरुले शेरबहादुरको तारिफ गर्न थालेका छन्, हिजो नेता हैनन्, नैतिकता छैन, भनेको टेर्दैनन भन्नेहरु आज शेरबहादुरको तारिफ गर्न थालेका छन्, आज उनको उच्चाइ जुन हिसाबले बढेको छ लाग्छ उनले हिजो राजिनामा गर्दा लागेको आरोप मिथ्या साबित भएको छ ।
आज सिगों पार्टी पंक्ति शेरबहादुरको उच्चाइ देखेर अचम्मित भने पक्कै भएकै होला । उनले थालेको भ्रष्टाचार बिरोधि कानुन निर्माणका कुरालाइ उनले बुलन्द आवाज पार्दै जुन हिसाबले उठाइरहेका छन्, यदि यो कानुन कार्यनयन तहमा आयो भने देशमा भ्रस्टाचार पुर्ण रुपमा निर्मुल प्राय हुन्छ होला । हिजो मन्त्री हुँदा पनि उनले आफ्नो सम्पत्ति सार्वजनिक गर्न कुनै ढिला गरेनन् भने आज मन्त्री पदमा नरहदा पनि सम्पत्ति सार्बजनिक गरेर जनतासामु आफ्नो सम्पूर्ण सम्पत्ति सार्बजनिक गरेर एउटा थिति बसाल्ने कोसिस गरेका छन् । यो मुलुकमा पदमा रहदा सम्पत्ति सार्बजनिक गर्ने र पद छाडिसकेपछी उसको सम्पत्ति कति भयो भन्ने जनताले जान्न पाउन्न थियो भने तामाङले त्यो थिती तोडिदिएका छन । उनले एउटा नैतिकता सिकाउने कोसिस गर्दै छन ।
भ्रष्टाचारले दलदल भएको अबस्थामा तामाङले अघि सारेका भ्रष्टाचार विरोधि कानुन निर्माणका लागि सबै दल र सबै जनता लाग्नु पर्ने देखिन्छ । आज तपाईं हामिलाइ लागेको छ हिजो तामाङले जुन अभिव्यक्ति दिए त्यो एकदम सहि र सत्य हो किनभने आजभोलि बंगलादेशमा अध्यनरत विद्यार्थीको बारेमा पत्रपत्रिका र सामाजिक संजालमा समस्याहरु आइरहेका छन । पूर्व मन्त्री तामाङले पनि तिनै समस्या छ भन्दा नारिमाथिको अपमान भनेर गलत अर्थ लगार्इ उनलार्इ राजीनामा दिन बाध्य पारिएकै हो, तर आज तामाङले पदभन्दा प्रतिष्ठा ठूलो कुरा हो भन्ने कुरा सिकाएका छन । नेपाली राजनीतिमा बिरलै देखिने नैतिकता प्रर्दशन गरेर तामाङ जनताको मनमनमा बस्न सफल भएका छन । त्यसैले अहिले उनले नेपाली राजनीतिलाई एउटा पाठ सिकाएका छन् नैतिकता ।

