महिला लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

फागुन १४, काठमाडौं । माघ ३० गतेबाट खुलेको महिला लघुवित्तको साधारण सेयर ९आईपीओ० आज बाँडफाँड हुँदै छ । आज विहान नै आईपीओ बाँडफाँड हुन लागेको हो ।

आईपीओका लागि १५ लाख ८० हजार ७८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले माघ ३० गतेदेखि जारी पुँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६÷०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८÷०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९÷०८० मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.