‘देशको आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण’ : विमलेन्द्र निधी

माघ १७, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन्।

नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका हुन् । सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै विपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए।

तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर्न नसकेको बताए। तीन खम्बे अर्थनीति अवलम्बन गरिए पनि अझै सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम हुन नसकेको उपसभापति निधिको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.