मेरो पहिचान मेटाई दिएको एकिकरण दिवसः पृथ्वी जयन्ती

ज्ञानकाजी तामाङ,
कुनैबेला घुम्दै जाने क्रममा उपत्यकाको मन्दिरहरुमा सुनको गजुर र समथर उब्जाउ हुने उपत्यका देखेर लोभिएका गोर्खाका (पहाडी भेग) राजा पृथ्बीनारायण शाहले काठमाडौ लगायतको राज्यहरुमा आक्रमण गरेर आफ्नो कब्जमा लिएको घट्नलाई नै कालन्तरमा नेपाल एकिकरणको रुपमा ब्याख्या गरेको पाईन्छ । कतिपय ईतिहासकारहरुले त उनको गोर्खा राज्या आर्थिक रुपमा नाजुक भएपछि राजाले नै राज्यको सम्पति बढाउनको लागि अन्य राज्यहरुमा आक्रमण गरेर कब्जमा लिने रणनीति र योजना बनाएको समेत भनेर भन्ने गरेको समेत पाईन्छ । हुन पनि कतिपय प्रमाण हरुले सो कुरा सत्य हो भन्ने खालको पुष्टि समेत गरेको देखिन्छ । ति नै मध्येको एक हुन् गोर्खा राज्यको सामान्य नागरिक बिसे नगार्ची ।

पृथ्बीनारायण र गोर्खा राज्यसँग सम्बन्धित पुस्तकहरुमा बिसेको बारेमा धेरै कुरा उल्लेख गरेको देखिन्छ । पृथ्बीनारायण शाहाले सैन्य अभियान सुरु गर्नुअघि बिसे नागर्चीले राजालाई एक रुपैया सहयोग गर्न चाहे । पृथ्बीनारायणले उल्टै सोर्धे जाबो यति सहयोगले के नै हुनसक्छ र ?’ बिसेको उत्तर थियोर्, म एक्लैले पो एक रुपैया दिए, सबैले एक एक रुपैया दिने हो भने त धेरै पैसा जम्मा हुनेछ ।’ बिसेको यो उत्तरबाट पृथ्बीनारायण निकै प्रभावित भए । र सम्पुर्ण जनतासँग रकम सापाटि लिएको रसिद समेत यदाकता भेटिने गरेको ईतिहासकार हरुको भनाई छ । यो तथ्याबाट के प्रमाणित हुन्छ भने गोर्खा राज्या आर्थिक रुपमा गरिब राज्या थियो । यो स्थिति पृथ्बीनारायण को पालामा मात्रै थिएन । उनी भन्दा अगाडि देखि नै गोर्खा राज्या गरिब थियो भन्ने प्रमाणहरु अरु पनि थुप्रै देखिन्थे । पहाडि भुगोलमा रहेको हुनाले उत्पादन कम हुने र अन्या पाकृतिक स्रोतहरु (पाकृतिक खनिज पदार्थ, तामा, सुन, फलाम अदिको खानि नहुने) पनि खासै नभएको हुनाले गोर्खा राज्य त्यो बेला अन्या उत्पादन मुलक भौगोलिक क्षेत्रमा भएको राज्य भन्दा गरिब भएको हुनसक्छ ।

पृथ्बीनारायण शाहले तत्कालिन रुपमा अहिलेको नेपाल अधिराज्यभरि रहेको करिब ५० भन्दा बढि राज्यहरुलाई एकै सुत्रमा बाधे । यो उनको नेपालको एकिकरण थियो वा गोर्खा राज्याको बिस्तृतीकरण थियो, यसबारे इतिहासका लेखक बीच नै मतभिन्नता कायमै छ तर उनले गरेको अभियानमा मेरो मत चाहि पृथ्बीनारायणले जुन अभियान चलायो त्यो गोर्खा राज्यको विस्तृतीकरण नै थियो । जसले अन्य राज्यहरुको धन सम्पति, राज्य र जनता मात्रै कब्जमा लिएनन् उनिहरुको धर्म, भाषा र सस्कृतिलाई समेत मेटाई दिए । सन् १९४२ मा उनले युद्धा सुरु गर्ने बेलामा उपत्यकामा मल्ला राजाहरुको शासन काल थियो । भौगोलिक रुपमा समथर काठमाडौ उपत्यकामा बालीनालिको राम्रो उब्जाउ हुने भएको कारणले यहाको जनताले बर्षमा तिन महिना काम गरेर बाँकि समय फुर्सदमा बिताउथे र ति फुर्सदको समयमा कलात्मक खालको सृजना बनाउथे ( जस्तै मन्दिर, टुँडाल, ताम्रपत्र, दरबार आदि) । साथै काठमाडौको राजा जयप्रकाश मल्लाले तिब्बतको राजालाई चाँदीको सिक्का समेत बनाएर बेच्ने गरेको थियो ।

यसले गर्दा अन्य राज्यको भन्दा उपत्यकाको राज्यहरुको आर्थिक अवस्था राम्रो थियो । गरिबि मा रहेको गोर्खा राज्याको राजा पृथ्बीनारायणले काठमाडौ उपत्यकामा कब्जा गर्न सकेमा आफ्नो राज्या को आर्थिक अवस्था सुध्रिने देखेपछि उनले सोहि अनुसार पहिला नुवाकोट हुदै काठमाडौमा आक्रमण गरे र जिते । आर्थिक रुपमा सम्पन्न हुदै गए पछि उनले अन्य राज्याहरुमा पनि आक्रमण गर्दै अगाडि बढे र पुर्वमा मेचिदेखि पश्चिममा महाकालीसम्माको भु–भागमा आफ्नो कब्ज जमाए । र आफुले कब्जा गरेको क्षेत्रमा आफ्नो हुकुम चल्ने र आफुले भनेको, चाहेको कुरा मात्रै गर्न लगाए । युद्धबाट राज्य कब्जा गरेपछि कतिपय ठाँउमा राज्यको हरेक नागारिक नै सखाप हुने गरि हत्या गरे भने कति पय ठाँउमा अनौठो अनौठो हर्कत देखाए ।
तिनै मध्यको एक हो तामाङ जाति । आदिम कालदेखि नै अग्लो डाँडा र रमणीय क्षेत्रमा राज्य चलाएर बसिरहेको तामाङ राजाहरुको उपत्यकाको राजाहरु सँग राम्रो सम्बन्ध थियो । पृथ्बीनाराण शाहले भतmपुर र कृर्तिपुरमा आक्रमण गर्दा नजिकै रहेको तामाङ राजाले उपत्यकाको राज्या जोगाउन सहयोग गरे तर उपत्यकाको राजाहरुको हार भयो ।

तामाङ राजाहरुले आफुलाई सहयोग नगरेपछि तामाङ प्रति क्रुध बनेका पृथ्बीनाराण शाहले तामाङहरुको नाक काटेर सोह्र धार्नी बनाएर ल्याउनु भनेर आदेश दिएको कुरा अहिले पनि बुढा पाकाहरुले सुनाउने गरिन्छ । यति मात्रै हैन तामाङ जातिले भक्तपुर आक्रमणको क्रममा सहयोग नगरेको बाहानमा पृथ्बीनारायण शाहलले तामाङ हरुको राज्या दोलखा र रामेछापमा रहेको तालच्यो गढिको राजा गोप्क्यु धोर्जे(घिसिङ) र काभ्रेको तेमालमा रहेको ह्रेन्जेन दोर्जे (दोङ) राजालाई झुक्याएर हत्या गरे र ति राज्याहरुमा पनि उनको कब्जा रह्यो सोहि क्रम्मा उनले पुर्वा तर्फ रहेको राई, लिम्बु, शेर्पा जातिले चलाउदै आएको राज्याहरु पनि कब्जा गर्दै पुर्वमा मेची देखि पश्चिममा महाकालीसम्माको भु–भागमा आफ्नो कब्ज जमाए ।

तामाङ जातिले युद्धाको बखत सहयोग नगरेको कारणले पृथ्बीनारायण शाहले कुनै पनि तामाङ जातिलाई राज्याको कुनै पनि पदमा नियुक्त नगर्नु भनेर आदेश दिएको थियो । जसले गर्दा तामाङ हरु सरकारी र राजनितिक क्षेत्रमा अहिले सम्मा पनि माथिल्लो पदमा पुग्न सकेको छैन । पृथ्बीनारायण भन्दा धेरै पछि सम्मा पनि तामाङ जातिलाई ढोके, प्युपा, घोडाको गोठालो जस्ता पदमा मात्रै नियुक्ती दिने चलन चलिरह्यो भने प्रजातान्त्रीक कालमा समेत राज्यले तामाङ जाति लाई सबै भन्दा धेरै अपराध गर्ने जातिको रुपमा चिनाउदै आईरहेको पाईन्छ । कतिपय तामाङहरुले सो समयमा सरकारी जागिर खानाको लागि आफ्नो थर लुकाएर अन्य जातिको थर देखाएर जागिर खाएको अनुभव अहिले सम्मा पनि गाँउघर तिर उमेरले शताब्धि कटेका केहि बुढापाका हरुले सुनाउने गर्छन । पृथ्बीनारायणको पालदेखि अहिले सम्मा पनि राज्य संञ्चालनमा यहाको आदिबासी जनजातिको पँहुच हुन सकेको छैन ।

पृथ्बीनारायण शाहले गरेको राज्या कब्जालाई कालन्तरमा ऐकिकरणको रुपमा अथ्र्याउदै आए पनि वास्तवमा यो एकल भाषा, जाति, धर्मले बाँधेको निरंकुश शासन पद्धाति थियो । जसले तामाङ जातिको मात्रै हैन नेपालमा आदिम कालदेखि बस्दै आएको आदिबासि जनजातीको भाषा, धर्म, संस्कृति र पहिचानलाई मेटाउने काम गरे । हरेक जातिलाई अनिवार्य रुपमा हिन्दु धर्मको अनुयायी बन्न लगायो । प्रकृतिलाई सर्बाेपरि ठान्ने आदिवासी जनजातिलाई राजा लाई देउता मानेर पुज्न बाध्या बनायो । उनको राज्यामा बसोबास गर्ने हरेक जनताले आफ्नो संस्कृति छोडेर दशै, तिहार जस्ता हिन्दु धर्मको चाड मनाउन अनिवार्य लगायो । मुलुकमा जात ब्यवस्थाको विजारोपन गरे र ठुलो जात र सानो जात भनेर मान्छे मान्छे बिचमा भेदभावको जग बसाल्यो र अहिले सम्मा पनि जातिय छुवाछुतको कारणले मानिसले जनवारको जस्तै तल्लो स्तरको जिवन विताउन बाध्य छन ।

समग्रमा पृथ्बीनारायण शाहले गरेको अभियान एक खाले जाति र धर्मको लागि अवश्य पनि राम्रो थियो । तर हामी जनजातिहरुका लागि ऐकिकरण नाम दिएको त्यो अभियान हाम्रो पहिचान मेटाउने अभियान थियो , हाम्रो राज्या मेटाउने अभियान थियो समाजमा जातिय भेदभाव गराउने अभियान थियो । त्यसैले हरेक बर्ष मनाउने राष्ट्रिय ऐकिकरण दिवस अहिले आदिवासी जनजातीहरुले आफ्नो पहिचान लुटिएको दिनको रुपमा मनाउन थालिएको छ । ईतिहासमा घटेका घट्नाहरु केहि राम्रा भए केहि नराम्र भए ति सबै अहिले बिश्लेषण गर्ने बाहेक केहि सकिदैन तर अहिलेको राज्यले नेपालमा बसोबास गर्ने आदिवासि जनजाती तथा हरेक जातजातीको मेटाईऐको भाषा,सस्कृति र पहिचान संरक्षणमा बिषेश भुमिका खेल्नु आवश्यकता छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.