एउटै गाउँमा डेढ करोडकाे सुन्तला

पुस १७, गलकोट । सुन्तला गाउँका रूपमा परिचित जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् ।

बगैँचा विस्तार र मलजल राम्रो गरे पनि ‍‍औ‌ंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए । गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउछन् “डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन”, खड्काले भने, “१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।”

सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । सिगानामा अहिले प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.