चिकित्सकहरू भन्छन् – बेलैमा उपचार गरे स्तन क्यान्सर रोग निको हुन्छ

साउन १६, काठमाडौं । कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति , व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्।

पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको विज्ञहरू बताउँछन्। नेपालमा क्यान्सर रोगको अवस्था तिनको जाँच गर्ने विधि र उपचारका विषयमा यो साता काठमाडौंमा एक सम्मेलनमा विज्ञहरूले छलफल गरिरहेका छन्। क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाई पनि त्यो सम्मेलनमा सहभागी भइरहेकी छिन्। उनी भन्छिन्, ‘नदुख्ने गाँठो आएको थाहा पाउने बित्तिकै त्यो क्यान्सर रोगको लक्षण हो कि होइन भनेर जाँच गराउनु पर्छ। स्तन वा अन्य अङ्गको गाँठो ठूलो भएर रगत बग्न थालेपछि जाँच्न आउने होइन।’ चिकित्सकहरू भन्छन् बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.