शेरबहादुर तामाङ जो इमानदारीताको पछ्यौरी ओडि कानुन मन्त्रालयबाट बाहिरिएका एक इमानदार नेताको रुपमा आम जनताबाट परिचित हुँदै आएका छ्न् । शेरबहादुर तामाङ कानुन मन्त्रालय रहेरको बखत मौलिक हक सम्बन्धि कानुनहरु बनाएर संसदमा पेश गरिसकेका छ्न् ।
बिदेशीहरुले नेपालको जुनसुकै कार्यलयमा अनुदान प्रदान गर्ने रकमहरु एकद्वार प्रणालीबाट नेपाल सरकारको मातहतमाआउनुपर्ने विषय कानुन निर्माण गरि कार्यन्वयनमा आउने पक्षमा छ । सबै न्यायधिशहरुको सम्पती बिबरण सार्वजनिक गरि उचित नलागेमा छानबिन गरि कारबाहीमा गर्न्ने, सार्वजनिक खरिद एेन लागाएत कानुन निर्माण गरि सकेका छ्न् । त्यस्तै भ्रष्टाचार र भ्रष्टाचारिलाइ निस्तेज पार्ने खालको कानुन बनिरहेकोमा कानुन मन्त्रीपद बाट हात धुनु परेको छ। कानुन बनाउने निकायमा बसेकाहरु नै इमानदार हुने हो भनी नेपालमा ७० प्रतिशत भ्रष्टाचारमा कमि आउने कुरामा दुइमत छैन। राज्यकोषबाट अरबौ अरब घोटला गरेकाहरु एउटा न्यायाधीशलाई बृकेश बुझाउदा १०लाखमा धरौटी रिहा हुने आदेश दिन्छ त्यस्कालाई समत्नको लागि सरकारले राज्यको सबै सुरक्षा अंगाहरु परिचालन गरि समात्ने काम गरेका हुन्छ्न् । न्यायाधीशले चाहाँदा निस्किने प्रवित्तिको लागि अधिकारको सिमा निर्धारणको कानुनहरु बनिरहेका छ्न् ।
हो यसै कारणले कानुन मन्त्रालयमा जो आएपनि अवसर छ किनकि यतिका कानुन निर्माणको अन्तिम चरणमा पुग्दा भ्रष्टाचार अन्त्यको लागि बनेका कानुनहरु कार्यन्वयन गराउन सकेमा त्यसको जस आँफुले पाउने सम्भावना छ र त्यसको चुनैती पनि छ । यदि भ्रष्टाचार विरुद्ध शेर बहादुर तामाङको आभियानमा स्पष्ट संग आडानमा बस्न नसक्ने हो भने जनता सडकमा उत्रिने र पुनःराजिनामा दिनुपर्ने संभावना पनि उत्तिकै छ । यस हिसाबले कानुन मन्त्रालयमा अबसर चुनैती दुबै छन् ।
– राजकुमार बखाती