मंसिर १४, काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा –१३ स्थित चुनिखेलमा मापदण्ड विपरीत सञ्चालनमा रहेको बालुवा वासिङमा सोही वडाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र नेकपा काठमाडौँ जिल्ला स्तरीय नेताहरुकै संलाग्नता रहेको पाईएको छ ।

अवैध तथा मापदण्ड विपरीत सञ्चालित त्यस वासिङ उद्योगका कुनै पनि कागजात नगरपालिकामा नभएको बूढानिलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बताए । प्रमुख सापकोटाले भने– ‘त्यस वासिङ सञ्चालनको लागि नगरपालिकाले कुनै पनि स्वीकृति दिएको छैन् र आगामी दिनमा पनि स्वीकृत दिदैनौँ ।’ ‘गत वर्ष पनि अवैध रुपमा सञ्चालित भएको जानकारी पाए लगातै नगरपालिकाबाट करिब ३०÷३५ लाख बराबरको रकम जरिवाना गरिएको थियो । उनले भने – यसरी जिम्मेवार व्यक्तिहरुले कानून विपरीत वासिङ सञ्चालन गर्नु दुःखत कुरा हो । ’

स्रोतका अनुसार कारवाही गरी हटाउन खोज्दा वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ नै प्रतिरक्षामा उत्रिने, स्थानीयहरुलाई बढुलेर नगरपालिकामा दबाब दिने जस्तो कार्य गर्दै आईरहेका छन् । यसबारेमा सूचना माग्न जाँदा वडा अध्यक्षले सूचना नदिने भन्दै पत्रकारलाई नै धम्कीपूर्ण भाषा बोले । उनले भने– ‘ यसका पछि नलाग्नुस्, ठूला व्यक्तिहरुकै संलाग्न छ, मैले केही गर्न सक्दिन् ।’ वासिङमा नेकपाका जिल्ला नेताहरुकै लगानी भएको वडा अध्यक्षले संकेत गरे ।

नगरपालिकाबाट पटक–पटक हटाउन निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएको वासिङले चिहाने खोला, धोबी खोला लगायत क्षेत्रमा प्रदूषित बनाएको छ । गत वर्ष पनि नागरिकको गुणासोका आधारमा कारवाही गरेको त्यस उद्योगले निरन्तर रुपमा प्राकृतिक दोहान तथा बालुवा प्रशोधन गरी सिधै खोलामा लेदो पानी मिसाउँदै आएको स्थानीयले बताए ।
यो पनि हेर्नुस्
वडाध्यक्ष श्रेष्ठको दादागिरी, सूचना लुकाउदै अवैध वासिङ उद्योगको बचाऊँ

