वडाध्यक्ष श्रेष्ठको दादागिरी, सूचना लुकाउदै अवैध वासिङ उद्योगको बचाऊँ

पत्रकारमाथी दूव्र्यवहार गर्दै दादागिरी शैलीमा जुनसुकै मिडियाका(नेपाल टेलिभिजन) पत्रकार आएपनि यहाँ केही हुन्न, सूचना दिन्न,जाऊ मुद्धा हाल ! भन्दै उल्टै पत्रकारलाई नै धम्कीपूर्ण भाषा बोलेका छन्

काठमाडौँ – संविधानप्रदत्त सूचनाको हकलाईनै कुण्ठीत गर्दै बूढानिलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले पत्रकारमाथीनै दुर्व्यबहार गरेका छन् । वडाभित्र भइरहेका गतिविधि तथा वडामा सञ्चालित बालुवा वासिङ मेसिनले वातावरणीय पर्यावरणीयमा असर पु¥याएको र त्यस वासिङबाट निस्किएको फोहोर लेदो पानीले धोबीखोलामा प्रदूषित भएको जनगुनासोको आधारमा समाचार सम्प्रेषणका क्रममा आवश्यक सूचना माग्न जाँदा अध्यक्ष श्रेष्ठले पत्रकारलाई दुर्व्यबहार गदै सूचना नै लुकाएका छन् ।

बुढानिलकण्ठ वडा-१३ भित्र सञ्चालित चुनिखेल आसपास क्षेत्रमा संचालित त्यस वासिङ क्षेत्रमा कुनै पनि सूचना बोर्ड तथा कम्पनीको नाम समेत नराखी गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको सुचनाका आधारमा जानकारी लिन वडा कार्यालय पुग्दा अध्यक्षले आफूसंग कुनै कागजात नभएको र गैरकानुनी रुपमै सञ्चालन भएको हो, के गर्न सक्छौँ गर ! भन्दै उल्टै पत्रकारलाई नै धम्कीपूर्ण भाषा बोलेका छन् । चुनिखेलमा सञ्चालन भईरहेको वासिङबाट निस्किएको लेदो पानीले खोलालाई दूषित बनाएको छ । च्यानेखोला कौडोलबाट आएको स्वच्छ पानी वासिङकै कारण वर्षयामा जस्तै धमिलो र प्रदूषित भएको छ

त्यत्तिमात्र होईन् जनताको सूचना पाउने अधिकारलाई कुण्ठित गर्दै सूचना लुकाएर अवैध कार्यमा वडा अध्यक्षले नै साथ दिएको देखिन्छ । सूचना माग्न जाने पत्रकारमाथी दूव्र्यवहार गर्दै दादागिरी शैलीमा जुनसुकै मिडियाका(नेपाल टेलिभिजन) पत्रकार आएपनि यहाँ केही हुन्न, सूचना दिन्न,जाऊ मुद्धा हाल ! भन्दै निच र तुच्छ शब्दहरु प्रयोग गरेका छन् ।

‘अध्यक्ष श्रेष्ठले हाम्रै अगाडी नेवारी भाषामा कुनै व्यक्तिलाई फोन गरेर वासिङ सञ्चालकलाई भन मलाई पत्रकारले ल्याङ गरे’ मलाई कागजात मागेका छन् भन्दै फोन गरेका थिए । कुराकानी सकाए पश्चात अध्यक्ष श्रेष्ठले झर्किदै तिमीहरुलाई सूचना दिन्न नगरपालिका जाऊ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिए । जनताको सेवामा समर्पीत हुने वडाध्यक्ष जनतालाई सुसुचित गर्ने सुचना,संचार सम्प्रेषण गर्ने पत्रकार माथी त यस्तो हर्कत गर्छन भने सामान्य नागरिकलाई वडाध्यक्ष श्रेष्ठको व्यवहार कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

‘सिंहदरबारको अधिकार घरघर’ भन्ने सरकारको नारालाई वडा अध्यक्षले नै धज्जि उडाउँदै नागरिकको सुचना पाउँने अधिकारलाई बञ्चीत गर्ने अधिकार वडाध्यक्ष श्रेष्ठलाई कसले दियो ? के सामान्य वडाको जानकारी लिन वडा-१३ का जनता अब अदालत जानुपर्ने, मुद्धा हाल्नु पर्ने दिन आएकै होत प्रश्न उनै वडाध्यक्ष श्रेष्ठलाई ? वडा अध्यक्ष त गैरजिम्मेवार भए नै नगरपालिका, जिल्ला समन्वय समितिले यस्ता गैर कानूनी कार्य भईरहँदा के हेरेर बसेको छ ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.