‘मिस्टर नेपाल २०१८’ आयोजना हुने

साउन १५, काठमाडौं। युवकको सौन्दर्य प्रतियोगिता मिस्टर नेपालको नयाँ शृङ्खला ‘मिस्टर नेपाल २०१८’ आयोजना हुने भएको छ । एक्सपोज नेपालले हरेक वर्ष आयोजना गर्ने सो सौन्दर्य प्रतियोगिताको प्रथम चरणको अडिसन साउन १६ गते इटहरीबाट सुरु गर्ने जनाइएको छ ।

एक्सपोज नेपालका प्रमुख अर्चना थापाले वीरगञ्ज, चितवन, पोखरा हुँदै राजधानीमा पनि प्रथम चरण (अडिसन) गर्ने जानकारी दिनुभयो । उहाँले यसपटक ‘मिस्टर नेपाल’को मञ्चबाट एक साथ चार प्रतियोगीलाई उपाधि प्रदान गरिने जानकारी दिँदै भन्नुभयो, ‘मिस्टर नेपाल’को शीर्ष बिजेताले ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन सक्नेछन् भने अन्यले क्रमशः ‘मिस्टर युनिभर्सन एम्वेस्डर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा भाग लिन पाउनेछन ।

प्रथम चरणको छनौट (अडिसन) का लागि १८ बर्षदेखि २८ बर्षसम्मका युवाले मात्र सहभागिता जनाउन पाउने छन् ।
देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिषयमा प्रशिक्षण दिने पनि थापाले जानकारी दिनुभयो । शीर्ष उपाधि विजेताले चलचित्र, म्युजिक भिडियो अभिनय गर्न पाउनुको साथै सुजुकीको वाइक पनि प्राप्त गर्ने जानकारी गराइयो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.