चलचित्र ‘छक्का पञ्जा–३’ को पहिलो गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

साउन १४, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका अधिकांश कलाकार फचिर्ड छन् ।

राजेन्द्र थापाको गीतमा संगीत दीपक शर्माले दिएका छन् । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल , केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् ।

दसैंमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको सरुआत गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय छ । चलचित्रकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.