‘रअ’ प्रमुख सामन्त गोयलको सन्देश र अबको नेपाली राजनीतिमा बिग्रह

‘रअ’ प्रमुख समान्त गोयल सहितको बिबादित भ्रमण र सन्देशले नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । गुप्तचर बिभागको अधिकारी अरुण जैन सहितको टोलि सोल्टी होटलमा बसेर नयाँ ग्राण्ड डिजाइन गरेको कुरा खुलासा भएको छ । भारतीय गुप्तचरको टोलिले केपी ओलि सङ्गको भेट अगाडि नै बाबुराम भट्टराई र मधेसी दलहरुसंग भेटेर छलफल गरि अब बाबुरामलाई जसपाको अध्यक्ष बनाएर सत्ता परिवर्तनको तयारीतर्फ लाग्न समेत निर्देशन गरेको कुरा बिश्लेसन गर्न सकिन्छ ।

भारतीय गुप्तचर बिभागले सत्ता परिवर्तन गरेर भएपनि लिपुलेक कालापानी र लिम्पियाधुरामा शैन्य तालिम केन्द्र तुरुन्तै राख्न चाहेको कुरा रअ का एक प्रतिनिधिले खोलेका छन् । केपी ओलि सरकारलाई यतिबेला यो बिसयले सत्ता टिक्ने टिकाउने कुरा मात्रै हैन , दास ढुङ्गाको स्मरण समेत गराएको कुरा बुझ्न सकिन्छ । पुर्ब राजाले रअ को टोलि भारत नपुग्दै जनता टुहुरो भएको महसुस गर्नु, रास्ट्र थप पीडामा गएको बिग्यप्ती निकाल्नु , बाबुराम सहितको मधेसवादी दल, कङ्ग्रेस र राजावादीलाई सघाउन प्रचण्डलाई समेत दबाब दिएको कुराले नेपाली राजनीतिमा अब बिग्रहको मोड आएको अनुमान लगाउन सकिन्छ,
अब, कित यो सबै जिम्मेवारी आफ्नै काधमा लिएर केपी ओलिले सरकार र पार्टी जोगाउन लाग्न पर्यो, हैन भने एक किसिमको उथलपुथल हुने लगभग पक्का भएको देख्न सकिन्छ ।

बिश्वासिलो पात्रमा परेका शेर ब। को राजनीतिक ढङ्ग देखेर नपत्याएको मोदि सरकारले यसको जिम्मेवारी प्रचण्ड वा बाबुरामको जाने कुरा स्पस्ट भएको छ। निस्कर्समा राजाले जतिबेला आफ्नो मर्यादा भुलेर जनताका हातबाट प्रधानमन्त्री समेत खोसेर आफैं त्यसको अध्यक्ष बन्न आईपुगे र जनतामा नयाँ बितृस्णा र अपेक्षाले काम गर्यो, त्यसै गरि जनताबाट अलोकप्रीय घोषित केपि ओलि नेतृत्वको भ्रष्ट सरकार बिरुद्ध आन्दोलनको तुफानी उठ्ने निश्चितै छ । आन्दोलनमा वैदेशिक हस्तक्षेपलाई निस्तेज गर्दै, रास्ट्रीयता र स्वाधीनताको आन्दोलनमा रुपान्तरण गर्दै यो व्यवस्थालाई खारेज गर्दै अगाडि बढ्न नयाँ विकल्प खोज्नु र तयारीका साथ एकीकृत भएर जुट्नु आजको रास्ट्रवादि, प्रजातन्त्रवादी , बामपंथी र क्रान्तिकारीको जिम्मेवारी हो ।

कोरोना कहरले प्रभावित जनजीवन अलि सरल हुने बित्तिकै स्वतस्फूर्त रुपमा आन्दोलन उठ्ने अनुमान गरेका केहि दलाल र एजेण्टहरुले फाईदाको राजनीति गर्न तम्तयार भएर बसेका छन, यिनिहरुलाई समेत धुलो चटाउदै स्वाधीनताको यो आन्दोलनलाई नयाँ उचाईमा उठाउन तपाईं हामी एक ढिक्का भएर जुट्नुपर्ने भएको छ ।

जहाँ अन्याय अत्याचार र दमन हुन्छ त्यहाँ बिद्रोह हुन्छ
जसले साहासिक बिद्रोहको झण्डा उठाउछ तिनीहरु सचेत जनता हुन्छन ।

त्यसैले दलाल संसदीय व्यवस्थाका एजेण्टहरु, फासिस्ट भ्रष्ट सत्ताका सुराकीहरु, प्रतिक्रियावादी झुन्डहरु र साम्राज्यवादका ठेकेदारहरु गाउँ गाउँ बाट लखेट्ने बेला आएको छ । भ्रष्ट, दलाल, तस्कर, बलत्कारी, बिचौलिया, घुसखोरी, कमिसनखोरीहरु विरुद्ध कार्बाही गर्दै जनसंघर्षका कार्यक्रम हरु निरन्तर अगाडि बढाउदै, दलाल संसदीय व्यवस्थाको राज्य संयन्त्र बिरुद्ध शृङ्खलाबद्ध प्रतिरोधात्मक प्रतिकार सुरु गर्नुपर्ने आबश्यक्ता छ । देशले थेग्न नसक्ने किसिमको यो संघीयतालाई नामेट बनाएर स्थानीय तहमा अझै परिवर्तन गरि मजबुत स्वचालित र बैज्ञानिक किसिमको नेपाली मुटु , नेपाली माटो र नेपाली बिचारद्वारा निर्देशित समाजवादको परिकल्पना गर्नु आजको पहिलो र एकमात्र आबश्यक्ता हो ।

–हेम बहादुर खड्का (राज)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.