किसानका खसीबोका उपत्यकामा

कात्तिक ७, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले बिक्रीका लागि ल्याएका खसीबोका न्यून देखिएका छन् ।

कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेलगायत जिल्लाबाट किसानहरुले सीधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्षजस्तो व्यापार नभएको किसानहरु बताउँछन् । कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउनसमेत नसकेको उनीहरुले बताए ।

यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री(वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड उति धेरै छैन । धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दसैँको समयमा खसीबोका बिक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गत वर्षभन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका बिक्री गर्दा पशुचौपायाँको बिक्री गर्दै आएका विभिन्‍न व्यावसायिक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सीधै किसानसँग किन्‍न पाइने र खसीबोका निरोगी हुनुका साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरुले काठमाडौंमा षष्ठीका दिन खसीबोका ल्याउने र नवमीका दिनसम्म बिक्री गर्ने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.