महेश र क्रीस्टिनाको अभिनयमा ‘परदेशी भैयो’ म्यूजिक भिडियो सार्वजनिक

साउन १२, काठमाडौं । चर्चित गायक दिल्पु मोक्तानको बेस्ट अफ लग एल्बमको तेस्रो गीत युटुब र टेलिभिजनबाट रिलिज गरिएको छ । एनबी थापाको सङ्गीत रहेको गीतमा दिल्पु मोक्तान र निर्मला घिसिङको स्वर भरिएको छ भने भिडियो पक्ष पनि निकै राम्रो बनाएको छ । भिडियोलाई सोनाम पाख्रीनले निर्देशन गरिएको छ भने क्यमेरामा उत्शब दाहलले साथ दिएको उक्त भिडियोलाई बिल्कुलै गाउले परिवेशको माया प्रेम झल्काएको छ । भिडियोमा महेश थोकर (याङ्चु) र क्रीस्टिना थापाले अभिनय गरिएको उक्त भिडिमा आफ्नो प्रेमिलाई छोडेर बिदेश जनुको पीडा दर्साउन खोजिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.