असोज ४, काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबारदेखि हुने आन्तरिकतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ ।
निगमले काठमाडौं–रुकम–काठमाडौं, रुकुम–नेपालगन्ज–रुकुम आइतबार र बिहीबार, नेपालगन्ज–जुम्ला–नेपालगन्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान गर्नेछ । यस्तै काठमाडौं –दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौं आइबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौं बुधबार उडान गर्ने जनाएको छ । यसैगरी नेपालगंज–बाजुरा–नेपालगंज विहिबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान हुने निगमले जनाएको छ ।

