सामाजिक आचरणलाई सापेक्ष बनाउन जरुरी

  • कुमार पन्त

मेरो पार्टी वा मेरो नेताले गरेको जस्तो पनि काम राम्रो हुन्छ भन्ने बुझाइ जहिलेसम्म नामेट पार्न सकिन्न त्यस बेलासम्म समाजको अग्रगती असम्भव छ ।  नेपाली समाजको मनोबिज्ञान बडो बिचित्रको छ । कुनै घटना, पात्र तथा प्रवृत्तिको यथार्थ विश्लेषण कम मात्र भएको पाउन सकिन्छ । सामाजिक मनोवृत्ति नै विभाजित रहेको अनुभुति हुन्छ । एउटा पक्ष वा समूहले सकारात्मक देखेको घटना वा प्रवृत्तिलाई अर्को समूह वा पक्षले सतप्रतिशत नकारात्मक देख्ने र थोरै पनि त्यस भित्र सकारात्मकता नदेख्ने मनोदशा ब्याप्त छ ।

सामाजिक बिज्ञानले पनि सत्य वा असत्यलाइ सापेक्षित रुपमा नै बुझ्ने गर्छ तर प्रत्यक बस्तु घटना वा प्रबृतिलाइ एकको दुइमा बिभाजित हुने सत्यलाइ आत्मसाथ गर्छ । नेपाली समाज प्रत्यक घटना निरपेक्ष रुपमा मात्र बुझी रहेको पाउन किन्चित सोच्नु पर्दैन । लामो समयदेखि स्थिर सरकार नेपाली जनताले पाउन सकेका थिएनन् । स्थिर सरकारको भोका नेपाली जनताले यस सरकारबाट अलि बढि नै अपेक्षा राख्नु स्वभाविक नै थियो । जनताको अपेक्षामा सरकार खरो रुपमा उत्रन नसक्नु सरकारको कमजोरी पनि हो नै तर यसो भन्दैमा सरकारले गरेको सकारात्मक पहल र कामहरुलाइ देख्नै नसक्ने मनोदसा नेपाली समाज बिकासको लागि घातक हो । पछिल्लो सत्तरी बर्षमा धेरै राजनीतिक परिवर्तन भए र ब्यबस्थाको नाम पनि तर त्यसले जनताको आधारभूत जीवनस्तरमा त्यति धेरै फरक पार्न सकेन । अब राजनीतिक व्यवस्थाको परिवर्तनले मात्र जनताको जीवनमा नै आधारभुत रुपले परिबर्तन हुदैन रहेछ त्यो परिबर्तित राजनीतिक ब्यबस्था अनुसारको समाजिक आचरण हुन जरुरी हुन्छ ।

हिजो पन्चायत मा पन्चहरुको जसरी जिउ हजुरी गर्थे त्यही अचरण आज पनि कायम छ । मेरो पार्टी वा मेरो नेताले गरेको जस्तो पनि काम राम्रो हुन्छ भन्ने बुझाइ जहिलेसम्म नामेट पार्न सकिन्न त्यस बेलासम्म समाजको अग्रगती असम्भव छ । असल आचरण बिनाको राजनितिक परिवर्तनले समाजलाई छाडा अराजक बनाउछ र त्यहा विधि निहिर बन्छ । समाजको चरित्र अनुसारको नै राजनितिक पार्टी, नेता तथा सरकार हुने कुरालाइ गहिराईको ढंगबाट बुझ्न जरुरी छ । सामाजिक आचर एकातिर हुने र नेता र सरकार चाहिँ बडो सत आचरण भएको खोज्ने कुरा आलु रोपेर पिँडालु खोज्नु जस्तो हास्यास्पद हुन्छ । सबै भन्दा पहिला सामाजिक आचरणलाइ सापेक्ष बनाउन जरुरी छ । पछिल्लो समय नेपाल बिधुतप्राधिकरण को कार्यकारी को नियुक्ती को बिषय ले सामाजिक सन्जाल अचाक्ली तातेको छ ।

धेरै मानिसको चासो कुलमान घिसिङलाई पुनर्नियुक्ती गर्नुपर्छ भन्नेमा नै रहेको छ । जसलाइ स्वभाविक रुपमा लिन पनि सकिन्छ । कुलमान घिसिङले प्रधिकरणमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका छन। उनको कार्यको सबैले उच्च मुल्यांकन गर्नै पर्छ । उनको कार्यकालमा नेपालमा लोडसेडिङ को अन्त्य गरेको थियो बिधुत प्राधिकरणले जुन नेपाली जनताले कहिल्याइ बिर्सने छैन । यसको मतलब सधै कुलमान विद्युतप्रधिकरणको कार्यकारी बन्नु पर्छ भन्नू चाही कति सहि हो रु उनी भन्दा मुनि बसेर यो सबै प्रकृयामा उनलार्इ सफल बनाउन रातदिन मेहनत गर्ने अरुको कुनै योगदानको कदर हुनु पर्दैन । गलत मान्छे नियुक्ती गर्न हुदैन भनेर सतर्क गराउन पर्छ सरकारलाइ तर फलानैलाई बनाउनु पर्छ भनेर गरिने प्रदर्शन कत्तिको उपयुक्त हो । यस प्रकारको समाजिक मनोवृत्तिले समाजलाइ अग्रगती दिन सक्छ ?

प्रधिकरणको कार्यकारिको कार्यकालको हिसाबले कुलमान सफल मानिस हुन र उनले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्बाह गरे । उनलाइ दबाबको कारणबाट राखिएको सन्देस वा नजिर बन्यो भने भोलिका दिनमा कुनै गलत मान्छेले पनि केही मान्छे प्रयोग गरि समाजिक सन्जाल र केही प्रदर्सन गरि प्रयोजित दबाब सिर्जना गर्यो भने त्यसले कस्तो परिणाम आउला? सरकारले उनलाइ पुनः नियुक्ती गरे पनि राम्रो , नगरे भने अब कुलमान भन्दा अझ सक्षम ब्यक्ती नियुक्ती गर्नुपर्ने दबाब सरकारलाई हुन्छ । कुलमान भन्दा अरु कसै लाई पनि सक्षम नदेख्ने आखाले चाहिँ अन्य इमान्दार र सक्षमलाइ कस्तो पिडा देला ? त्यसैले प्रत्यक घटना पात्र र प्रवृत्तिलाई एकको दुइमा बिभाजित गरेरै बुझ्ने कि ? मन परे भगबान , मन नपरे दानव बनाउने प्रवृत्तिको अन्त्य गरि असल मान्छे नै बन्नतिरको सामाजिक मनोबिज्ञानलाई आत्मसाथ गरौ । काल्पनिक भगबान बनाउन होइन यथार्थको असल मान्छे बनाउने सामाजिक परिपाटि आत्मसाथ गरौ । सबै सापेक्ष हुन्छ त्यसलाइ अपनाउ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.