एमसीसी परिमार्जनसहित पारित हुन्छ– प्रवक्ता

असोज १, तम्घास। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसी परिमार्जनसहित पारित हुने बताउनुभएको छ । सरकार त्यसको तयारीमा रहेको बताउदै उहाँले उक्त परियोजनाबारेका केही अस्पष्ट कुराहरुबारे स्पष्ट हुँदै केही बुँदाहरुलाई परिमार्जन गरी पारित गरिने बताउनुभयो ।

गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशाला उद्घाटन गर्न आउनुभएका प्रवक्ता मन्त्री ज्ञवालीले बिहीबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै त्यस्तो बताउनुभएको हो । उहाँले एमसीसीको बारेमा केही नबुझी बाहिर धेरै हल्ला फैलाइएको बताउँदै हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । प्रवक्ता ज्ञवालीले केही तत्वहरुले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउँछ र उसले हस्तक्षेप गर्छ भन्ने हल्ला फैलाइएको टिप्पणी गर्दै पहिले एमसीसीबारे स्पस्ट हुन आग्रह गर्नुभयो । अर्को एक प्रसङ्गमा मन्त्री ज्ञवालीले भारतद्धारा मिचिएको भूमि फिर्ता ल्याउनका लागि भारतसँग निरन्तर रुपमा कुटनैतिक संवाद र छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँले नेपाली भूमि फिर्ता गराएरै छाड्ने पनि बताउनुभयो ।

महामारीमा राजनीति नगर्न आग्रह
यसैबीच बिहीबार नै तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले माहामारीमा राजनीति नगर्न र स्वास्थ्य चेतना जगाउन सबै पक्षलाई आग्रह गर्नुभयो । यो बेला महामारीविरुद्ध सबै एकसाथ जुट्न जरुरी रहेको चर्चा गर्दै उहाँले स्वास्थ्यमाथि कसैले खेलवाड गर्न नहुने बताउनुभयो । सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको उल्लेख गर्दै उहाँले स्वास्थ्यप्रति गम्भिर बन्न र सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.