साउन १०, काठमाडौं । डा. गोविन्द केसीको सर्मर्थन गर्दै आन्दोलनमा उत्र्यिाएका दुई दर्जन बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेका छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका डा. गोविन्द केसी समर्थकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले जुलुसमा डाक्टर केसीको प्रतीकात्मक स्वरुपलाई बोकेर मलामी झै हिँडेका थिए ।
डा. केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक डाक्टरहरु बिहीबार बिहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए । तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभनपछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए । अहिले केसीपक्षको प्रदर्शनका कारण नारायण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध छ । सो क्षेत्रमा प्रशासनले उल्लेख्य मात्रामा प्रहरी परिचालन गरेको जनाएको छ ।

