धितोपत्र बजारः चार अर्बमाथि कारोबार

भदौ १७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ ।

आज कुल चार अर्ब माथिको शेयर कारोबार भएको छ । स्टकका अनुसार आज कुल १८६ कम्पनीका ९६ लाख ८६ हजार नौ कित्ता शेयर रु चार अर्ब १८ करोड १० लाख ३६ हजार ११५ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ मध्ये दुई उपसमूहको शेयर मात्र ओरालो लागेको छ । बीमा उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा १२५.८९ र जीवन बीमा ८८.६८ अङ्कले घटेको छ । यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८ र सामूहिक लगानी कोषको एकाइ ०.०८ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६७ करोड ४२ लाख ४२ हजार २५४ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु १७ करोड ७५ लाख २८ हजार ५०२, नेशनल लाइफ इन्स्योरेन्सको रु १६ करोड ५१ लाख ९४ हजार २०६, नेपाल लाइफ इन्स्योरेन्सको रु १५ करोड ७५ लाख ५७ हजार ४५२, नेको इन्स्योरेन्सको रु १४ करोड ६७ लाख पाँच हजार ४०७, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको रु १४ करोड ६० लाख १३ हजार ६८०, एनआइसी एसिया बैंकको रु ११ करोड ५२ लाख ८० हजार ८४५, शिवम् सिमेन्ट्स लिमिटेडको रु ११ करोड ४८ लाख नौ हजार ७८६, हिमालयन डिष्टिलरीको रु १० करोड ४६ लाख ५८ हजार ५४८ र नेपाल बैंकको शेयर रु आड करोड ८८ लाख ३९ हजार ३८५ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी पाँचथर पावर कम्पान्ट, जोशी हाइड्रोपावर रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, नाग्दी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयर धनीले सर्वाधिक १०÷१० तथा चिलिमे हाइड्रोपावर कम्पनी ९.९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै प्रभु इन्स्योरेन्स ४.४१, प्रुडेन्सियल इन्स्योरेन्स ४.०१, मल्टीप्रपोज फाइनान्स ३.७०, सगरमाथा इन्स्योरेन्स ३.४६, सूर्या लाइफ इन्स्योरेन्स ३.४४, लुम्बिनी जनरल इन्स्योरेन्स ३.३६, नेपाल फाइनान्स ३.२८, नेको इन्स्योरेन्स ३.२६, प्रिमियर इन्स्योरेन्स ३.२३ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९६ प्रतिशतले गुमाए । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.