काठमाडौँमा रातको कुरा शहरभरि सार्वजनिक

टेलिफिल्म कथा प्रेमका निर्देशन गर्दै भिजेसँगै निर्देशकका रूपमा समेत परिचित गराएकी सञ्चारकर्मी संगीता श्रेष्ठले आइतबार राजधानीमा आयोजित एक समारोहबीच आफूद्वारा निर्देशित फिल्म कथा काठमाडौंको रातको कुरा शहरभरि बोलको गीत सार्वजनिक गरेकी छिन्। टेलिफिल्मको अनुभवसँगै पुस्तक कथामा अल्झिएका प्रेम लेखेकी संगीताले फिल्मको पहिलो गीत रातको कुरा सार्वजनिक गरेकी हुन्।

गीतमा इन्दिरा जोशीको स्वर तथा शब्द र संगीत प्रदीप बास्तोलाको रहेको छ। प्रमोद अग्रहरि र प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ। गीतमा गायिका इन्दिरा जोशी पनि प्रस्तुत भएकी छिन् भने प्रमोद र प्रियंकाबीचको उत्तेजक अन्तरंग दृश्य पनि राखिएको छ। काठमाडांैलाई आफ्नो कर्मभूमि बनाएर रहिरहेका भिन्न–भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको संगीताले जानकारी गराइन्। आगामी असोज १२ गते रिलिजमा आउने फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरिलगायत मुख्य भ”मिकामा छन्। आहाना फिल्म्स्को ब्यानरमा विजय राईद्वारा निर्मित फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिँदै छिन्। फिल्म लुजा सिंहले खिचेका छन् भने मित्र गुरुङले सम्पादन गरिरहेका छन्।

फिल्मको स्क्रिफ्टसमेत लेखेकी संगीताले फिल्मको कथाअनुसार नै गीत तयार पारेको दाबी गरिन्। ‘गीतमा देखाउनकै लागि दृश्य समावेश छैनन्, यो कथासँग जोडिएर आउने परिस्थिति हो। मलाई लाग्छ निर्देशक महिला वा पुरुष हुँदैनन्, केवल निर्देशक हुन्छन्। यसैले मैले फिल्मको कथाअनुसार नै यसलाई तयार गरेको छु’, संगीताले भनिन्– ‘हामीले फिल्मलाई रियालिटीसँग नजिक रहेर तयार गरेका छौँ। फिल्ममा ३ जोडीको भिन्न–भिन्न कथालाई चित्रण गरेका छौं।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.