गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह

भदौ ८, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै सङ्घका अध्यक्ष अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनु पर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए । नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन अध्यक्ष पन्तले सरकारको ध्यानाकर्षण गराए ।

सङ्घले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न पनि आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । सङ्घका अनुसार मध्यपूर्वका देशमा अझै एक लाख बढी नेपाली उद्धारको पर्खाइमा छन् ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.