भदौ १६ गतेदेखि वायु सेवा संचालन गर्न नदिए आन्दोलन गर्ने संचालकहरूको चेतावनी

साउन २८, काठमाडौँ । आगामी भदौ १६ गतेदेखि आन्तरिक उडान गर्न नदिए वायु सेवा संचालकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

लामो समयसम्म वायु सेवा संचालन नहुँदा ठूलो क्षति भएको भन्दै भदौ १६ गतेदेखि वायु सेवा संचालन गर्न पाउनुपर्ने संचालकहरुको माग छ । सरकारले कोरोना संक्रमणका कारण साउन मसान्तसम्मका लागि हवाई सेवा र लामो दुरीका सार्वजनिक यातायात संचालनमा रोक लगाएको थियो । सरकारले आगामी भदौ १ गतेदेखि संचालन गर्ने निर्णय गरेपनि काठमाडौँ लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले भदौ १५ गतेसम्मका लागि वायु सेवा र लामो दुरीका सार्वजनिक सवारी साधान संचालनमा रोक लगाएको थियो । सरकारले यस्तो निर्णय गरेसँगै भदौ १६ पछि पनि अवस्था अन्यौल भएका कारण वायु सेवा संचालन गर्न नदिए आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै संचालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएको भन्दै सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

सरकारले लकडाउन गरे यता चार्टर्ड बाहेक नियमित उडान हुन सकेका छैनन् । वायु सेवा संचालकहरुले महामारीका समय उडान गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा आइकाओले निर्धारण गरेको स्वास्थ्य संबन्धी मापदण्डलाई मध्यनजर गर्दै उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरेको विज्ञप्तीमा भनिएको छ । हाल देशमा गइरहेको बाढीपहिरो, असक्त बिरामी, सुत्केरी लगायतलाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको समेत वायुसेवा संचालक संघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.