स्थानीय तहले न्यायालयको अधिकार खोस्यो

जेठ १९, काठमाडौँ । काभ्रेपाल्चोक जिल्ला स्थित रोशी गाउँपालिकाले न्यायालयको अधिकार खोसेको पीडितहरुको भनाई छ ।

नेपालको कानुनले मौलिक हक र कर्तव्य अन्र्तगत भाग–३ धारा २५ को उपधारा–२ ले भनेको छ – ‘सार्वजनिक हितका सम्पत्ति बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले अधिकारको सिर्जना गर्ने छैन भनि हक कायम गरेको भए पनि स्थानीय तहले न्यायिक समिति निर्माण गरेर कार्यन्वयन गर्दा आफूलाई न्यायालय नै सम्झेर आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरिरहेका छन् ।  कराररीय हक दायित्व बहन नगरिएको किर्ते, ठगी भएको भनि मुद्धा दायर भएर त्यसको विचाराधिन र थप प्रमाण संकलन हुँदै गर्दा गाउँपालिका अध्यक्ष र न्यायिक समितिका संयोजकले लुटपाटको शैलिमा बुद्धचित्त माला टिपेर प्रहरीको बल समेत प्रयोग गरी लुटपाट गरेको पीडित पक्ष जयन्ती मैया खड्गी (लामा) ले बताईन् ।

गाउँपालिका स्थित वडा नं. ५ सिसाखानीका आईते सिं थिङको जग्गामा उत्पादित फल बुद्धचित्त मालाको विषयमा चरम विवाद भएपछि एक सातादेखि गाउँपालिका अस्तव्यस्त रहेको सेवाग्रहीहरुको गुनासो छ । समग्र विकास र जनतालाई सेवा दिनुको सट्टा अवरोध पु¥याई माला व्यापारीसंग सिंगो गाउँपालिका नै लागेको आक्रोशित वडा नं. ७ का एक सेवाग्राहीले आरोप लगाए । एउँटै कामको लागि गाउँपालिकामा पटक–पटक धाएपनि काम सम्पन्न नभएपछि सूचना लिन पुगेका सञ्चारकर्मीमाथी आक्रोश पोखेका थिए । उनले भने– ‘१०÷१२ वर्ष विदेशमा बसेर कमाएको पैसा स्वादेशमै लगनी गरी केही गरौँ भन्ने आशा लिएर आएको व्यक्तिलाई निरासामा पार्ने काम गरियो ।’ लोभ लालचमा लागि प्रहरीको स्कटिङमा माला व्यापारीहरुलाई धुलिखेल पार गरि फार्किएको गाउँपालिका प्रमुखमाथी गम्भीर आरोप छ ।

२०७५ असोज ७ गते कारोबारको सम्झौता करारनामा पाएका जयन्ती मैया खड्गी (लामा) ले दुई वर्षदेखि राजस्व तिरि भोगचलन गरिसकेको उक्त मालाको विषयमा पछिल्लो पटक गाउँपालिकाले विभिन्न बहाना गरी आफूलाई अन्याय गरेको बताएको छ । उनले आफ्नो अधिकारमा रहेको माला टिप्ने समय भएको बताउँदै राजस्व तिर्न गाउँपालिका धेरैचोटि धाएपनि विवाद देखाई राजस्व लिन नमानेको बताएको छ । गाउँपालिका प्रमुख डि.बी लामाले आफ्नो राजस्वको निवेदनमाथी तोक लगाएपनि दर्ता फाँटले दर्ता गर्न नमानेको दुखेसो सुनाए ।

अर्को पक्ष भनिएका सोही गाउँपालिका वडा नं. ५ कै भिमबहादुर लामा र चेक बहादुर लामाले जयन्ती मैया खड्गी (लामा) तीनै जनाको संलग्नतामा जग्गावालासंग मिति २०७७ असार १७ गते माला टिप्न करार सम्झौता गरेको भनिएको करारनामा पुष्टि नभएको काभ्रेपाल्चोक जिल्ला अदालत इजलासका न्यायाधिश पुरुषोत्तम ढकालको इजलासले आदेश जारी गर्न नमिलेको बताउँछ । पुनः करारमा खड्गीको संलग्नता नभएको इजलासले बताएको छ । तथापी माला भने इजलासको सुनुवाई आउनु अघि नै टिपिसकेको छ ।

बुद्धचित्त माला कारोबारमा जनप्रतिनिधिकै हस्तक्षेप

जिल्ला अदालतले २५ गते पेशी हुने र इजलास बस्ने मिति तय भइसकेको भए पनि कानुनको धज्जि उडाउँदै सोमबार माला टिपेर स्थानीय निकायले क्षेत्राधिकार उल्लंघन गरेर अख्तियार दुरुपयोग गरेको छ । स्थलगत रिर्पोटिङको क्रममा सोही स्थानमा पुग्दा हामीमाथी नै क्यामेरा प्रयोगमा रोक लगाए । रोशी गाउँपालिका अन्र्तगत मंगलटार ईलका प्रहरी इन्र्चाज धर्म थिङले आफुहरु आदेशअनुसार सुरक्षाका लागि मात्र आएको बताउँदै विवादका विषयमा गाउँपालिकासंगै कुरा गर्न सुझाए ।

थप जानकारीका लागि अध्यक्ष डि.बि लामा र उपाध्यक्ष लक्ष्मी बर्तौलालाई सम्पर्क गर्दा फोन स्विच अफ थियो र धेरै समयपछि बल्ल बल्ल उपाध्यक्षलाई सम्पर्क भयो तर त्यो पनि तर्क बिहिन र तुकहिन कुरा बाहेक तथ्यगत जानकारी प्राप्त हुन सकेन । विस्तृत तथ्यसहित हामी पुनः आउनेछौँ प्रतिक्षा गर्नुहोला ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.