साउन १८, काठमाडौँ । रोशी गाउँपालिकामा कृषकबाट उत्पादित बुद्धचित्त माला कारोबारमा गाउँपालिकाका जनप्रतिनिधिहरुबाटै हस्तक्षेप गरिएको आरोप छ ।
गाउँपालिका स्थित वडा नं. ५ सिसाखानीका आईते सिं थिङको जग्गामा उत्पादित फल बुद्धचित्त मालाको विषयमा चरम विवाद भएपछि गाउँपालिभरि खैलाबैला मच्चिएको छ । सो विषयमा करारनामा गरिएका व्यक्तिको नाममा बिक्रि वितरण गर्ने आधिकारमाथी गाउँपालिकाद्वारा हस्ताक्षेप गरिएको माला कारोबारका लागि करारनामा गएिका पीडित जयन्ती मैया खड्गी (लामा) की श्रीमान ङेमा लामाको आरोप छ ।
२०७५ असोज ७ गते कारोबारको सम्झौता करारनामा पाएका लामाले दुई वर्षदेखि राजस्व तिरि भोगचलन गरिसकेको उक्त मालाको विषयमा पछिल्लो पटक गाउँपालिकाले विभिन्न बहाना गरी आफूलाई अन्याय गरेको बताएको छ । उनले आफ्नो अधिकारमा रहेको माला टिप्ने समय भएको बताउँदै राजस्व तिर्न गाउँपालिका धेरैचोटि धाएपनि विवाद देखाई राजस्व लिन नमानेको बताएको छ । गाउँपालिका प्रमुख डि.बी लामाले आफ्नो राजस्वको निवेदनमाथी तोक लगाएपनि दर्ता फाँटले दर्ता गर्न नमानेको दुखेसो सुनाए ।
त्यस्तै अर्को पक्ष सोही गाउँपालिका वडा नं. ५ कै भिमबहादुर लामा र चेक बहादुर लामाले जयन्ती मैया खड्गी (लामा) तीनै जनाको संलग्नतामा जग्गावालासंग मिति २०७७ असार १७ गते माला टिप्न करार सम्झौता गरेको भनिएको करारनामा पुष्टि नभएको काभ्रेपाल्चोक जिल्ला अदालत इजलासका न्यायाधिश पुरुषोत्तम ढकालको इजलासले आदेश जारी गर्न नमिलेको बताउँछ । पुनः करारमा खड्गीको संलग्नता नभएको इजलासले बताएको छ ।
तर जिल्ला अदालतमा विचाराधिन रहेको उक्त मुद्धामा गाउँपालिकाले भने नयाँ व्यक्ति खडा गरी किर्ते सम्झौता गराएको पीडित पक्षको आरोप छ । उक्त मुद्धा जिल्ला अदालतमा विचाराधिन रहदा रहदै गाउँपालिकाले व्यक्तिको सम्पत्तिमाथी हस्तक्षेप गर्दै माला टिप्ने प्रयास गरेको पीडितको आरोप छ ।

