मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, दुतावासद्वारा छानविन सुरु

साउन १६, काठमाडौँ । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको छ । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ ।

एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ जुन भिडियो हाल भाईरल भएको छ । सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ । मलेसियन ट्रेड यूनियन कँग्रेसका महासचिव जे सोलोमनले श्रमिकमाथि हुने यस्तो दुर्व्यवहार स्वीकार्य नभएको बताएका छन् । “यो दासता हो” उनले भनेका छन् “प्रहरीले यो घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्नुपर्दछ ।”

यसैबीच सो घटनाका विषयमा दूतावास मार्फत प्रहरीमा उजुरी गरिसकिएको र छानविन सुरु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।  सो घटनका विषयमा कुनै जानकारी भएमा दूतावासको इमेल ठेगाना eonkualalumpur@mofa.gov.np वा हटलाइन  नम्बर ०१६२४७२७७७ मा  सम्पर्क गर्न समेत दूतावासले अपिल गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.