सुनचाँदीको दैनिक मूल्य निर्धारणमा थप वैज्ञानिक र पारदर्शी बनाउन महासंघको माग

साउन ८, काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालयले उप–सचिव श्री देवीप्रसाद थपलियाको संयोजकत्वमा सुनचाँदीको दैनिक मूल्य निर्धारण सम्बन्धमा प्रतिवेदन पेश गर्न गठन गरेको कार्यदलमा सुनचाँदी महासंघको प्रतिनिधित्व रहेको महासंघले जनाएको छ।

विगत १० वर्ष देखि कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको छ । बैंक मार्फत पैठारी हुने सुनको थोक विक्री नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको छ।

आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेको र त्यसको असर खुद्रा मूल्यमा पर्न जाने भएकोले यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी सुनचाँदी ब्यबसायि महासंघले बैंकबाट खरीद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको छ।

आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले “आधिकारिक मूल्य” भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएको विगतको अभ्यास प्रति महासंघको ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ।

तसर्थ मूल्य निर्धारण कार्यलाई बैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न अवलम्बन गरिनु पर्ने विषयहरु बारे आ–आफ्ना सुझावहरु दिई सहयोग गर्न आवद्ध सदस्य संस्थाहरु, गहना व्यवसायीहरु, आम उपभोक्ता एवं संचारजगतमा सुनचाँदी महासंघले अनुरोध गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.