भलिबल खेलाडी प्रतिभालाई आर्थिक सहयोग

साउन ५, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई आर्थिक सहयोग गरिएको छ । चोटग्रस्त मालीको उपचारका लागि राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

हरेक वर्ष विभिन्‍न समस्यामा परेका खेलाडीहरुलाई आर्थिक सहयोग गर्दै आएको खेलाडी कल्याणकारी कोषले यसपटक चोटग्रस्त मालीलाई सहयोग गरेको हो । मालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट, सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलगायतले सोमबार सातदोबाटोस्थित अस्पतालमै पुगेर चेक हस्तान्तरण गरेका थिए । माली माघ १० गते नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्‍वरस्थित राखेपको कभर्डहलमा आयोजना भएको एनभीए कप भलिबल खेल्ने क्रममा घुँडामा चोट लागेको थियो । त्यसपछि उनको घुँडाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रतिभा मैदानबाहिरै छिन् ।

यसअघि पनि मालीलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि उपचार खर्च स्वरुप पाँच लाख र भलिबल संघका पदाधिकारीले व्यक्तिगत करिब दुई लाख रुपैयाँ अर्थिक सहयोग गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.