साउन ५ मा नाचघर जमलमा चलचित्र ‘घ्रान’ प्रदर्शन, कस्तो पाउलान् दर्शकको साथ

सागर घिसिङको डेब्यु अभिनय रहेको फिल्म ‘घ्रान’ साउन ५ मा प्रदर्शन हुने भएको छ। एक्शन, लभ तथा सामाजिक कथाबस्तुले भरिएकोे फिल्म काठमाडौंको राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी अभिनेता सागर घिसिङले दिएका छन्। [embedyt] https://www.youtube.com/watch?v=vJnnQT1qQ6E[/embedyt]

जनक गुरुङको निर्देशनमा बनेको फिल्ममा सुकुमाया मोक्तान, सागर घिसिङ, बिकास स्याङ्तान, सुष्मा मोक्तान, सुनिता थिङ, चन्द्र तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । मोक्तान फिल्मस्को ब्यानरमा बनेको फिल्म सामाजिक कथाबस्तुको बिषयमा बनेको छ । फिल्मको ट्रेलर हेर्नुस्ः [embedyt] https://www.youtube.com/watch?v=wjkYLRBqQ2U[/embedyt]

फिल्मको निर्मातामा राम घिसिङ र सहनिर्मातामा शम्भु घिसिङ र छेसाङ घिसिङ छन् । अजय स्याङ्तनको कोरियोग्राफी रहेको फिल्मलाई बिक्रम मोक्तानले खिचेको हो भने गीत सुर्य लामाले खिचेको हो ।  

सागर अभिनीत केही म्युजिक भिडियो दर्शकमाझ अाईसकेका छन्। म्युजिक भिडियोबाट उनले दर्शकको राम्रै प्रशंसा बटुलिसकेका छन्। फिल्म अभिनयमा पनि अाफु सफल हुने बिश्वास सागरको छ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.