गरिमा बैंकले मिनाहा ग¥यो असारको ब्याज

असार १८, चिप्लेढुङ्गा । गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ ।

कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो । बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

गण्डकीमा दुई सय ८७ जनाले जिते कोरोना
गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् । यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.