शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुबीच नै झडप

साउन २, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच नै झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै विवाद भएपछि झडप भएको हो ।

चिकित्सकहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए) ले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको छ । तर वामपन्थी दल निकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा खुलेका छन् ।

डा. गोविन्द केसी कार्यरत त्रिवि शिक्षण अस्पतालमै उपचार बन्द गर्ने कि नगर्ने भन्नेबारे बिहानैदेखि दुई पक्षका चिकित्सकहरु बीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो । सोही क्रममा त्यहाँ कार्यरत नर्स तथा आवासीय चिकित्सकहरुबीच सामान्य हात हालाहाल भएको थियो । विवादपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.