अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त एकल साँझ’ हुँदै

अमेरिका । अमेरिकाको बोस्टनमा लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम हुने भएको छ।

‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ नाम दिइएको उक्त कार्यक्रम आउँदो जुलाई २२ तारिख आइतबारका दिन हुने सुरेश वाग्लेले डिसी नेपाललाई जानकारी दिए। उक्त कार्यक्रम अमेरिकास्थित बोस्टन आर्लिंगटन शहरको रिजेन्ट थिएटरमा साँढे ६ बजे उक्तदेखि सुरु हुनेछ। यो गायिका  अन्जु पन्तको तेस्रो एकल गायन साँझ हो। यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना गरिएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा पन्तको एकल साँझ सम्पन्न भएको थियो।

गायिका पन्त यति बेला अमेरिकाका विभिन्न शहरहरुमा आफ्नो सांगेतिक प्रस्तुतीमा व्यस्त छिन्। बोस्टनमा हुन लागेको अन्जु पन्त एकल साँझलाई हिमालय हेरिटेज कल्चरल एकडेमीले आयोजना गर्न लागेको हो। उक्त साँझमा अन्य संघसस्थाहरु नेपाल वुमेन ग्लोबल नेटवर्क, जीएनबिसी , पशुपति बुद्ध फाउन्डेसन, जात्रा नेपाल, ए ब्रोड नेपाल ईन्टरटेन्टमेन्ट, कोशेली इभेन्ट्स यूएसए तथा सौगात ईन्टरटेन्टमेन्टको समेत सहकार्य रहनेछ। २५ देखि ३० डलरसम्म टिकट दर तोकिएको उक्त कार्यक्रममा अन्जुले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल, ‘सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमी रोएको पल’ लगायत चर्चित गीत प्रस्तुत गर्दै केही नयाँ गजलहरूबाट आगन्तुकलाई मनोरञ्जन प्रदान गर्ने छिन्।

उक्त साँझ मार्फत संकलन भएको रकम अञ्जुले विभिन्न क्षेत्रका असहाय, गरिब तथा प्राकृतिक विपतमा आएका व्यक्तिहरुको सहयोगका लागि प्रदान गर्ने छिन्। कार्यक्रममा अन्जुलाई सारङ्गीमा श्याम नेपाली, तवलामा तिलक लामिछने, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी र मादलमा अनुभव थपलियाले साथ दिने छन्। अन्जु पन्त फाउन्डेसनुको सहयोगार्थका लागि उक्त साँझको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुरेश वाग्लेले जानकारी थिए।

गायनसँगै समाजसेवालाई अँगाल्दै आएकी अन्जुको आफ्नै सामाजिक संस्था ‘अन्जु पन्त फाउन्डेसन’ विगत केही वर्षबाट सञ्चालनमा छ। गजल मार्फत नेपाली गायक क्षेत्रमा उदायकी अन्जुको यो तेस्रो अमेरिका भ्रमण हो।

Satkar Media House
Leave A Reply

Your email address will not be published.