‘नाई नभन्नु ल ५’ को ट्रेलर यूट्युवमा लोकप्रिय बन्दै

असार ३०, काठमाडौं । विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर यूट्युवमा लोकप्रिय बनेको छ ।

यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको ‘नाई नभन्नु ल ५’ लाई दर्शकहरुले व्यग्रतासाथ प्रतिक्षा गरिरहेको ट्रेलरमा आएको रेस्पोन्सबाट देखिन्छ । यसमा आएका करिब १ हजार आठ समय कमेन्टमध्ये अधिकांस सकारात्मक छन् । निरुता सिंह र दिलिप रायमाझीको पुनरागमनलाई लिएर पनि दर्शकहरु उत्साहित देखिएका छन् ।

सात लाखभन्दा बढिपटक हेरिएको ट्रेलरलाई १८ हजारभन्दा बढिले लाइक तथा १२ सयले डिसलाइन गरेका छन् । एक जनाले चाहिँ चाहे जतिसुकै पार्ट आए पनि ‘नाई नभन्नु ल १’ जस्तो कुनै पनि नभएको प्रतिक्रिया दिएका छन् । अर्का एक जनाले आफ्नो बुढेसकालमा ‘नाई नभन्नु ल ५०’ हेर्न पाइने आशा व्यक्त गरेका छन् ।

नाई नभन्नु ल ५ मा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेड्रिना शर्माले साथ दिएकी छन् । फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको जोडी पनि छ । साथै प्रियंका कार्की, केकी अधिकारी, रुनिता सिंह, दिलिप रायमाझीलाई पनि फिल्ममा देख्न सकिनेछ । पारिवारिक विषयवस्तुको फिल्म भदौ ८ गते रिलिज हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.