सरकार कोरोना विरुद्धको व्यवस्थापनमा कमजोर

ज्ञानकाजी तामाङ,
गत जेठ ३ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालीकाको २९ वर्षिय सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भए सँगैनेपालमा कोभिड १९ अर्थात् कोरोना भाईरसको संक्रमण र रोगको अवस्था झन भयभवाह र चिन्तजनक अवस्थामा प्रवेश गरेको छ । विश्व समुदाय नै यो भाईरसबाट अस्तव्यस्त भईरहेका अवस्थमा नेपालमा पनि संक्रमितको मृत्युको सुरुवात हुनु पक्कै राम्रो संकेत हैन । विश्वभरि अहिलेसम्मा ३लाख २० हजार जनाको ज्यान लिईसकेको यो भाईरस विश्वको २१५ देश सहित ५० लाख मानिसमा संक्रमण फैलिसकेको छ । ति मध्ये करिब १८ लाख जना निको भएर घर फर्किसकेको छ । बाँकी विश्वभरिको अस्पतालहरुमा उपचाररत छन् ।

नेपालमाभने पहिलो संक्रमित गत माघ ८ गते देखा परेको थियो । अहिले करिब २ महिनाको अवधिमा हेर्ने हो भने नेपालमा २ जनाको मृत्युसंगै ३७५ जना यो भाईरसबाट संक्रमित भई सकेका छन् । त्यसैगरि भारतमा संक्रमितको संख्या १ लाख ५ हजारको हारहारीम पुगेको छ भने करिब ४ हजार भन्दा बढिको ज्यान गई सकेको छ । त्यसैगरि पाकिस्तानमा ४४ हजार संक्रमित मध्ये ९३९ जनाको मृत्यु, बंगलादेशमा २३८७० संक्रमित मध्ये ३४९ जनाको मृत्यु, भुटानमा २१ जनामा संक्रमित, श्रिलंकामा ९९२ जनमा संक्रमित र ९ जनाको मृत्यु भैसकेको छ ।

नेपाल सरकारले कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न गत चैत्र ११ गते देखि देश लकडाउन गरिरहेको छ । बेलैमा लकडाउन गरेको भए पनि सरकारले भारतबाट आउने नेपालीहरुलाई व्यवास्थित ढंगाले रोकेर क्वारिनटिनमा राख्न नसक्दाआज कोरोना भाईरस सामुदायिक लेवलमा नै व्यापाक रुपमा फैलिन पुगेको छ । यति मात्रै नभएर सरकारले गरेको खुकुलो लकडाउनको कारणले मानिसहरु सहज रुपमा तराईबाट उपत्यका तथा पहाडी जिल्लाहरुमा आवातजावत गरिरहेका छन् । जसले गर्दा मानिस सँगसँगैकोरोना भाईरस पनि एक ठाउबाट अर्का ठाउमा फैलिरहेको छ ।
सरकारले गरेको अनुमान हेर्ने हो भने नेपालमा कोरोना भाईरसबाट करिब १० हजार जनामा संक्रमण फैलिन सक्ने र त्यस मध्ये करिब करिब २ हजारको अवस्था गंभिर हुने अंकलन गरेको छ । सरकारको कार्यशैली हेर्ने हो भने उसले लगाएको अनुमान भन्दा बढिमा कोरोना नफैलिने र त्यति जनसंख्या घटे पनि सरकारलाई केहि फरक नपर्ने जस्तो गरेर बसिरहेको छ ।

सरकारको तयारी केहि छैन । सिमानमा दिनरात खटिरहने सुरक्षाकर्मी तथा आम सर्वसाधारणको दैनिक कोरोनाको परिक्षणमा खटिरहने चिकित्सकहरुको लागि न्युनतम सुरक्षा समेत अवलम्बन गरेको देखिदैन । जसको फल परिणम स्वरुप प्रदेश २ मा सुरक्षकर्मी र स्वास्थ्याकर्मी समेत भाईरसको सिकार भइसकेको छ ।भारतबाट आउने हरुलाई साधारण ज्वरो नापेको भरमा घर पठाउछन् । देशको स्वास्थ्या क्षेत्रको अवस्था हेर्ने हो भने अत्यन्तै कमजोर र दयनिया अवस्थामा छन् । करिब ३ करोड भन्दा बढि जनसंख्या रहेको मुलुकमा स्वास्थ्या मन्त्रलायको तथ्यांक अनुसार देशभर रहेको निजि र सामुदायिक अस्पतालहरुकोगरेर जम्मा २७ हजार बेड सख्या छन ।जसमध्ये आईसियु बेड जम्मा १५९५ र भेन्टिलेटर सुबिधाको बेड ८४० वटा छन । यि मध्ये पनि जम्मा एक तिहाई बेड मात्रै कोरोना को लागि प्रयोग गर्न सक्छन । देशभरमा आईसियु सुविधा सहितको अस्पताल १९४ वटा छन ति पनि अधिकांस काठमाडौमा छन ।

महामारीको तयारी गर्ने भन्दै सरकारले विभिन्न जिल्लमा गरेर १११ वटा कोभिड क्लिनिक अस्पताल सञ्चालन गरेको छन । निजि अस्पताल हरुमा अहिलेसम्मा कोरोना बिरामीको उपचार सुरुवात गरेको छैन । कोरोना बाहेक अन्या बिरामीलाई समेत कोरोनाको डरले गर्दा बिरामी लिन मानिरहेको अवस्था छैनन् ।जसले गर्दा सामन्या रोगबाट समेत आम सर्वसाधारणले ज्यान गुमाउनु परेको अवस्था छ । अहिले सम्म सरकारी तवरबाट मात्रै महामारीको सामाना गरिरहेको भान हुन्छ ।  यहि अवस्थामा नै मुलुकभरि एकैपटक ठुलो संख्यामा संक्रमण फैलिन पुगे भने अहिलेको स्वास्थ्याकर्मी र अस्पतालहरुले धन्न सकिदैन भनेर स्वास्थ्या विज्ञ हरुले चेतवानी दिइसकेको छ । विज्ञा हरुको अनुसार यदि एकै दिन १० हजार संख्यमा मात्रै संक्रमित फैलिन पुग्यो भने नेपालको स्वास्थ्या अवस्था अस्तव्यास्ता हुन पुग्छ ।

अहिले सम्मा एक दुई जना बाहेक सबै संक्रमितहरु तराईको जिल्लाहरुमा मात्रै फेला परिरहेको अवस्था छ । पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा यातयात र अस्पतालको सेवा सहज छ ।तर सहजता भए ता पनि सरकारको तयारी कति सम्मको फितलो र अस्तव्यस्था किसिमको छ भन्ने कुरा गत जेठ ४ गते बाके जिल्लाको दिपेन्द्र माविको क्वारेन्टाईनमा मृत्यु भएको २९ वर्षिय युवाको अवस्थले देखाउछ । मृत्यु भईसके पछि पनि लासको व्यबस्थानमा देखिएको कमजोरी, र क्वारेन्टाईनको अवस्था हेर्ने हो भने स्थानियको अनुसार क्वारेन्टाईन मा राख्नेहरुलाई गोठमा गाई भैसिलाई राखेको जसरी राखेको छ । क्वारेन्टाईनको मापदण्ड पुरा गरेको हुदैन । यस्तै कारणले बिभिन्न क्वारेन्टाईन बाट मानिसरु भागेको सुचना बेलाबेलामा अउने गर्छन ।
सरकारको अहिलेकै अवस्थ र व्यवस्थापनमा यदि कोरोना भाईरसको संक्रमण अत्याधिक रुपमा पहाडी र हिमाली क्षेत्रमा फैलिन पूग्यो भने न त सरकारले केहि गर्न सक्छ न त संक्रमण नै रोक्न सक्छ ।

सरकार मुकदर्सक बनेर संक्रमितको संख्या गणन गरेर बस्ने बाहेक केही गर्ने अवस्था आउँदैनन् । पहाडी र हिमाली क्षेत्रमा थुप्रै कठिनाईहरु छन । उच्च हिमाली र पहाडी जिल्लाहरुमा ४÷५ दिन हिडेर बजार वा सदरमुकाम जानुपर्ने बाध्यता छ । यदि यस्तो ठाँउमा संक्रमण फैलिन पुगेमा अकल्पनिय घटना हुन पुग्छ । यस्ता दुर्गम क्षेत्रहरुमा भाईरसको बारेमा उचित जानकारी हुदैन , यदि भाईरस लागि हाल्यो भने पनि न्युनतम सावधानी समेत अपनाउने चेतन छैन, जसले संक्रमित झन बढ्ने र स्थिति भयवाह हुने निश्चित छ । उपत्यकाको नजिकैको जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रामेछाप, सोलुखुम्बा, धादिङ, मकवानपुर आदि जिल्लाहरुमा खासै सुविधा सम्पन्न अस्पतालहरु छैनन । अहिले पनि कुनै खालको स्वस्थ्या समस्या परेमा काठमाडौ आउनुपर्ने बाध्यता छ । यदि यि जिल्लाहरुमा कोरोनाको संक्रमित एकैपटक धेरै संख्यामा बढेमा कसरी उपचार गर्ने बेलैमा सोच्नु आवश्यकता छ । सरकारले पत्येक स्थानिय तह गाउपालिकामा कम्तिमा ५ वटा आईसियु सहित ४० बेडको अस्पताल बनाउने भनेर घोषण गरेको धेरै भईसके पनि अहिलेसम्मा कतै पनि कार्यन्वायन हुनसकेको छैन ।

माथिको कुराहरु सरसर्ति अध्यन गर्दा लाग्न सक्छ सरकारको बिरोध गरिरेको छ । तर हाम्रो मुलुकको वस्तविक अवस्था हो यो । अहिले पनि गाउघर तिर सिटमोल र जिवन जल पाउन गाह्रो छ । यस्तो अवस्थामा कोरोना संक्रमण हुन पुगे भने मृत्यु बाहेक अरु विकल्पा हुन सक्दैन । सरकारको तयारी लाई द्रुत गतिमा सबै स्थानिया तहमा पु¥याउनु आवश्यक छ । सरकारको तलब लिने सबै कर्मचारीलाई बिदा दिएर घरमा थन्काउनुको साटो उनिहरुलाई खटाएर सबै जिल्ला तथा स्थानिया तहहरुमा स्वास्थ्या सेवाको विस्तार गर्नु आवश्यकता छ ।

सरकारको स्थानिय निकायको उत्कृष्ट अभ्यास गर्ने मौका पनि यहि नै हो । सरकारले हालसालै सार्वजनिक गरेको आगमी वर्षको निति तथा कार्यक्रम हेर्ने हो भने कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि खासै महत्वा दिएको देखिदैन । यो बेला भनेको सरकार विकासको नाममा जथाभावि योजना बनाएर अर्थहिन क्षेत्रमा बजेट बिनियोजन गरेर राज्यको ढुकुटी रित्याउने काम गरेर बस्ने हैन । स्वास्थ्या क्षेत्रमा काम गर्ने बेला हो, कोरोनाको रोकथाम गरेर कसरी हुन्छ ? आफ्नो नागरिकलाई नागरिकको सुरक्षा गर्ने हो भन्नेतर्फ केन्द्रित हुनु पर्दछ ।

विश्व स्वास्थ्या संगठनले यो भाईरसको महामारी तुरुन्तै नहट्ने र यसले मानब जातिलाई नै संकटमा पार्न सक्ने हुनाले आवश्यक संयमता, तयारी र योजना बनाउन सबै राष्ट्र हरुलाई निर्देशन दिई सकेको छ । तर नत सरकारले यसको लागि उचित बजेट नै बिनियोजन गरेको छ, । न त यसको लागि आवश्यक तयारी गरेको छ र लकडाउनलाई पुर्णरुपमा पालना नै गर्न सकेको छ । चीनमा लकडाउन गरेको ७६ दिनमा भाईरस पुर्ण रुपमा नियन्त्रण आएको र देश सामन्य तर्फ गएको थियो । तर नेपालमा लकडाउन गरेको ५६ दिन सम्मा कोरोना नियन्त्रणमा आउनुको साटो दिनानु दिन झन संक्रमित बढिरहेको छ । नेपाल जस्तो तेस्रो मुलुकमा महामारिको संक्रमण दृृत गतिमा फैलिन पुगे भने ठुलो मात्रमा मानवीय क्षति हुने निश्चित छ । अहिले सम्माको अवस्था पनि यदि सरकारले चहियो भने भाईरस नियन्त्रणमा आउन सक्छ । यसको लागि लकडाउनको पूर्ण पालना गर्ने बाहेकको विकल्प छैन । यस बारेमा सरकारले बेलैमा तयारी र कार्यन्वायन गर्नु आवश्यक छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.