प्रधानमन्त्री ओलीको छुचुन्द्रे प्रवृत्तिले, मँध्य रातको अध्यादेशले राजनीतिक मौसम गर्मायो। आफैले ल्याएको अध्यादेश फेल भए पछि प्रधानमन्त्रीले राजीनामा दिनु पर्थ्यो । जागिर मात्र खान मन्त्री बन्ने हो भने जागिर त वाई वाई चाउचाउ कम्पनीमा पनि पाईन्छ।अस्ती भर्खर बेलायतका प्रधानमन्त्री डेभिट क्यामरुनले ब्रेक्जीट सम्बन्धी आफ्नो प्रस्ताव फेल हुँदा पूर्ण बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्री पदबाट राजीनामा दिदै राजनितीबाट सन्यास लिएका थिए र बेलायतमा मध्यावधी चुनाव भयो ।
प्रधानमन्त्री कै आदेशमा पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्यको अपहरण भो,यस बाट आम सर्बसाधारणले सरकार बाट नै असुरक्षित महसुस समेत गरे। एक पछि अर्को भ्रष्टचारको आरोप आई रहदा सरकार द्वारा छानबिन भन्दा पनि आरोपित लाई सिधै सुनपानी छर्कने काम भो,यो अत्यन्तै निर्न्दनिय र अलोकतान्त्रिक कार्य भो।
राष्ट्रिय संकटमा जग हसाउने काम भयो।सडकमा टोल टोलमा प्रजातन्त्रबादी जनता र जन प्रतिनिधीहरूले स्वत(स्फूर्त रूपमा दैनिक हजारौ मानिसलाई भोकै पर्न र भोकै मर्न नदिएर खाना खुवाउदै आएको जग जाहेर छ।हामीले पनि फोन गरेर सोधे र हर सम्भब त्यस्ता ठाउमा मास्क,पन्जा,साबुन र सेटामोल पुर्याउने कोसिस गर्दै आएका छौ। हिजोको नेकपा बैठकमा बामदेब गौतमलाई संघिय सांसद बनाउने निर्णय भयो रे१प्रधानमन्त्री केपी ओलिले गल्ति गरेकोमा क्षमा माग्नु भएछ।यो (आत्मा आलोचना)देश रोइरहेको बेला कोभिड १९ कोरोना भाइरसको संक्रमण र भोकमरीबाट पार पाउने निर्णय आउछ भन्ने आशमा बसेका जनताहरूलाई बामदेब लाई सांसद बनाउने नेकपाको निर्णयले के दियो ?
सेना प्रहरी र राष्ट्र सेबकका तलब कटौती गर्ने निर्णय सही छ भने दुबै तहका माननियका पुरै रकम काटौ।सडक र पाखामा अनि छाप्राहरूमा औषधि मुलो र खानको अभावमा जनता छट्पट्टिएर लाशको ढेर लाग्ला भन्ने चिन्ता सरकारलाई लागेन छ। जनताको दुई तिहाई बराबरको मत प्राप्त गरेका पाटी,नेता र सरकारको चरित्र छिमेकीको नरेद्र मोदी र सि जिन पिगंले हेरेर कति हॉसे होलान।कॉंग्रेसको सरकार बन्ने हैन।अलिकति मात्रै पनि नैतिकता छ भने सरकार प्रमुखले राजिनामा दिएर नेकपा भित्र बिकल्प खोज्नु या राष्ट्रिय संकटमा राष्ट्रिय सरकार बनाउने तिर अग्रसर हुनु सान्दर्भिक देखिन्छ। पॉच बर्ष सरकार चलाउन पाउने म्यान्डेट जनताले तपॉइहरूलाई दिएको हुनाले नेपाली कॉंग्रेसले मध्याबधी निर्बाचनको माग गरेको छैन।
यद्यपि तपाईमा आँट छ भने नेपाली कॉंग्रेस पूर्ण स्वागत गर्दछ। जाउ नयॉं म्यान्डेट लिउ। पार्टी कमिटीका एक दर्जन कमरेड संग माफी मागि मागिकन दान कृपाबाट सरकार प्रमुख बन्ने हैन नी प्रधानमन्त्री ज्यू, दान क्षमा अनि दन्डका असली हकदार जनता हुन जनताको बिचमा जाने ऑंट देखाउनु होस आत्म आलोचनालाई कम्युनिष्ट पार्टीमा गौदान र पूर्ण पात्रो दान गरे सरह मानिन्छ भन्छन् । क़ुसा टुक्राले छर्केको पानीले तपॉई चोखिनु हुन्न पि एम ज्यू।यो लक डाउनमा तपॉइको मन्त्रीका हर्कतलाई हेरेर। तपॉइलाई सहयोग गरेनन या तपॉइकै संरक्षकत्वमा लासलाई बेर्ने कात्रोमा पनि भ्रष्टचार गर्ने प्रयास गरे।यस बिषयमा मैले तपॉइलाई खुला पत्र पनि लेखेको थिए।आत्मा आलोचना र राजिनामा उस्तै हुन भनेर सरम पचाएर नबस्नोस राजीनामा दिएर आत्मा आलोचनालाई पूर्णता दिनोस,
प्रधानमन्त्री ज्यू।
परशुराम पोखरेल
संस्थापक अध्यक्ष
(बी.प. संग्रहालय)

