राम चन्द्र सुन्दास,
असार २७, काठमाडौं । बि. एन. फिल्म्स प्रा.ली. को ब्यानर तथा बिरेन्द्र राउतको निर्माणमा तयार पारिएको तीजको लहर अमेरीकासम्म बोलको तिज गीत सार्बजनिक गरिएको छ ।
नेपाली नारीहरुको महान पर्ब हरितालीका तीजको अबसर पारी यस गीतलाई दर्शक सामु प्रस्तुत गरिएको हो । बाबुल गीरीको शब्द तथा संगीतमा पारु रञ्जितले स्वर भरेकी छिन् । गीतको म्युजिक भिडीयोमा चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई देख्न सकिन्छ । पबित्रा आचार्यको निर्देशन रहेको सो भिडियो श्रीधर पौडेलले छायांकन गरेका हुन भने सम्पादन बिष्णु शर्माले गरेका हुन ।
भिडियो हेर्नुहोस्..