असार २३, काठमाडौं । गायक राज सरगम र गायिका शोभा गौतमको स्वरमा रहेको ‘पगल मन’ गीतको म्युजिक भिडियो सार्वजनिक हुदैछ ।
प्रेम कथामा आधारित सो म्युजिक भिडियोले युवा पिडिँलाई लक्षित गरिएको र मनोरञ्जन प्रदान गर्न सक्ने गायक राज सरगमको तर्क रहेको छ । शिखर फिल्मस् प्रा.लिद्वारा उत्पादन गरेको उक्त म्युजिक भिडियोमा निर्देशन निश्चल के.सीले गरेका छन् भने अभिनाय निरञ्जन बस्नेत र स्मृति श्रेष्ठको रहेको गायक सरगमले बताए ।
दिनेश सुवेदीको शब्दमा रहेको सो गीतमा पुरुषोत्तम न्यौपानेले म्युजिक एरेन्ज गरेका छन् । मुकेश हुमागाईको छायांकनमा रहेको त्यस म्युजिक भिडियोमा अमृत चपागाईको सम्पादन रहेको छ । म्युजिक भिडियो आउने शुक्रबार रिलिज हुने सरगमले जानकारी दिए ।