मिस नेपाल नर्थ अमेरिका–२०१८ का २० प्रतियोगीको नाम सार्वजनिक

न्यूयोर्क । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका-२०१८ का लागि निवेदन दिने मध्ये अन्तिम २० प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ।

प्रतियोगिताका लागि ३५ भन्दा बढी प्रतियोगीले निवेदन दिएका थिए। जसमध्ये २० जनाको नाम समावेश गरिएको हो। यस पटक निवेदन दिनेमा उच्च शिक्षा हासिल गरेका, ईन्जिनियर, चिकित्सा पेशामा अध्ययनरत (डाक्टर)समेत रहेको आयोजकले जनाएको छ।

उक्त छनौट प्रतियोगितामा पुग्ने २० प्रतियोगीहरुमा क्यालिफोर्नियाकी आकृती शाह, क्यानडा मिसीसौगाकी अनुशा अधिकारी, मिचिगनकी भविष्य लामा, अलाबामाकी दिलाशा कोइराला, इन्डियानाकी ज्योति गुरुङ, टेक्ससकी करुणा अधिकारी, पेनसेल्भेनियाकी माया अधिकारी, न्यूर्योककी मोनिका घले, भर्जिनियाकी पूजा थापा, टोरोन्टो क्यानडाकी प्रतिमा उपाध्याय, न्यूयोर्ककी रिदिका प्रधान, टेक्ससकी संयुक्ता पुरी, मेरिलयाण्डकी सनम थापा, मासाचुसेट्सकी श्रद्धा केसी, भर्जिनियाकी सिम्रन चुडाल, मिनेसोटाकी स्मृति लामिछाने, क्यालिफोर्नियाकी सृजना राई, न्यूयोर्ककी सृजना राणा, भ्यानकुवर बृटिश कोलम्बियाकी सुजाता लामा र मासा चुसेट्सकी स्वेता लामा रहेका छन्।

 

प्रतियोगीहरु अगस्ट ५ तारिखभित्र न्यूयोर्क आइपुग्नु पर्नेछ भने अगस्त ६ तारिखदेखि तालिममा सबै प्रतियोगीहरुले सहभागिता जनाउनु पर्ने आयोजकले जनाएको छ। मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्ट ११ तारिखमा सम्पन्न हुनेछ।

प्रतियोगीका लागि सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियो ग्राफ सम्बन्धमा तालिम गराउने छिन्। त्यस्तै मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यूयोर्क २०१७ की मिस फतेना क्वासेमले तालिम दिने छिन्।  उक्त प्रतियोगिताका लागि टिकट अनलाइन (विद्युतिय प्रणाली) बाट पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ। उक्त कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा हुन लागेको हो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.