तीज गीत ‘साईला मादल बजाऊ’ म्युजिक भिडियो सार्वजनिक

असार २०, काठमाडौं । प्रत्येक पर्वको अवसरमा गायक तथा गायिकाहरु आफ्नो नयाँ कोसेली ल्याउने प्रतिस्पर्धा नै बनेको छ । त्यस्तै नजिकिदै गरेको तीजका लागि गायक असिम कुमार कटुवाल र गोमा कटुवाल  पनि नयाँ तीज विशेष गीत लिएर आएका छन् ।

नेपाली मौलिकपन झल्किने “साईला मादल बजाऊ” गीतको बोल सहित म्युजिक भिडियो सार्र्वजिक गरेको छ । चाडपर्वमा हुने भेटघाट खुसी र आत्मीयताको भाव दर्शाएको उक्त गीतमा शब्द असिम कुमार कटुवाल र लय देबेन्द्र लामिछानेले भरेका छन् म्युजिक भिडियो निर्देशन समीर थोकरले गरेका हुन ।

अभिनय पनि निर्देशक समीर थोकर आफै र सबिना लामाले गरेका छन् । छहारी म्युजिकले बजार व्यवस्थापन गरेको उक्त म्युजिक मिडियोको छायांकन सागर गौतमले गरेका छन् । त्यस्तै गीतमा म्युजिक संयोजन बिष्णु तमाङले रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.