“हामी बेरोजगारीबाट कसै न कसैको रोजगार चलिरहेकै छ”– जितेन्द्र महरा

big bite restro

बस पोस्टरले भरिन्छन्, भित्ताहरु डियर फलाना ……। सबै आ–आफ्नै धन्दामा।

पढ्नमा अब्बल होस् या नहोस , मान्छे बाहाना बनाउन सिकि नै हाल्छ। दिमागमा एउटा मात्रै कुरा खेलिनै रहन्छ –की कोठा परिवर्तन ग¥र्यौ भने भाग्य फेरिन्छ नै। यसकारण हामि ३–४ महिना भन्दा बढी एकै ठाउमा बस्दा नि बस्दैनौ। बदल्दै गयौ कोठा , यसकारण काठमाडौँमा आफन्त भन्दा बढी घरबेटीहरु आफ्नै अङ्कल –आन्टी बन्न पुगे।

एक पाच लिटरको ग्यास , भ्रम मात्रै पैदा गर्ने किताबहरु बेरोजगारीसंग लड्ने हतियार हुन्छन्। तपाई त्यस विद्यार्थीको बारेमा जान्नु हुन्छ, जसले एउटा पासपोर्ट बनाउन सुदुर गाउबाट काठमाडौँ सम्मको यात्रा तयार पार्छ र एउटा फोटो टाँस्न नपाउँदा निरास हुदै कोठा खोज्ने पैसा जोगाउछ। अनुहार उही, रंग उही , एउटा चिन्ता उही बस मिति र फोटोको रुप फेरिन्छ। अन्जानमा कति पटक त आफ्नो चर्मराउदो अनुहार पुछ्दै् फोटो मात्रै खिच्न पुग्छ।

देशमा बेरोजगारीको हालत यस्तो छ। एसईई (एस. एल. सी ) परीक्षा पास गर्ने बित्तकै मान्छेहरु काठमाडौँको यात्रा तय गर्न थालिहाल्छन् । सकिन्छ –साइन्स , इन्जिनियरिंग , मेडिकल आदि नत्र साथीहरु जता छन त्यतै। सबै कुरा प्रस्ट छ। थाहा छैन –आफ्नो रुचि के हो बस पढ्छ। अनि जागिर खोज्दै समय पर्खिन्छ। सरकार आउँछ जान्छ–जान्छ। बस रहन्छ त यो बेरोजगारी।

बेरोजगारी के हो त ? कहिले माइतीघर तिर आएर हेर्नुस। ¥याली होइन् मेला जस्तै , जब १००÷२०० जना सडकमा उत्रिन्छन् छिनभरमै हजारौ, लाखौको भिड जम्मा हुन्छ। दिनमा दुई किमी हिड्ने मान्छे सय किमी हिड्न पुग्छ। सोच्नुस् एउटा साधारण मान्छेले सक्ने कुरो पनि होइन । सके पनि फुर्सद हुदैन उसंग। एउटा बेरोजगारीले सिकेको कुरा–खुल्ला सडकमा १०÷२० रुपैयाको प्लास्टिक किनेर बिना ओछ्यान निद्रा पु¥याउँछ ।
बेरोजगारीको नशा यस्तो भैसक्यो कि साइन्सका सम्पूर्ण “फरमुला” कोठाको भित्ताभरी प्रदर्शित हुन्छन्। गणितका ति सुत्रहरु दिमागमा कुण्ठित हुन्छन , बस मौकाको पर्खाइमा हुन्छन् । कतिखेर मौका आउछ, अनि बाहिर फुत्किन पाउछौ, सम्भबै छैन। सजिलो छ आजभोली अनलाइनबाट फर्म भरिन्छ। प्रत्यक्ष रुपमा होस् या अप्रत्यक्ष रुपमै किन नहोस नागरिकको पहिचान त जोडेकै हुन्छ। बिगतलाई सम्झिदा ३÷४ दिन सम्म आफ्नो पालो नपाएर फर्किनु पर्ने अवस्था थियो। लाग्थ्यो अब कहीन कहिँबाट जागिरको अफर आउछ नै। घरको ठेगाना हरेक पल्ट परिवर्तन हुदै जान्थे यी सब कुराहरु नजिक हुनेहरुलाई मात्र थाहा हुन्थ्यो।

काठमाडौँको गल्लीगल्लीमा लाखौँ बेरोजगार भेटिन्छन् , तर काठमाडौँ मात्रै पनि पुरै नेपाल पनि त होइन। सोच्नुस पुरै देशभरमा कत्तिको संख्या होला ? बस पोस्टरले भरिन्छन्, भित्ताहरु डियर फलाना। ……। सबै आ–आफ्नै धन्दामा।

“हामी बेरोजगारबाट कसै न कसैको रोजगार चलिरहेकै छ।”

नोकरी गर्न साधारण रुपमै गणित, विज्ञानका सुत्रहरु अनि अंग्रेजी व्याकरण सबै कण्ठस्त छन्। साला छान्नै सकिदैन कुन आवश्यक छ कुन छैन भन्नेमा। एकचोटी म सरकारी पोस्टको जागीरको निमित्त परिक्षामा सामिल भएँ । अरु कुनै विकल्पहरु खोजिएन पनि के थाहा म यसै परिक्षाबाट जागिरे पो बन्छुकी ? साँझ जब म घर फर्के धेरै रोए। किनकी एउटा नाम चलेको ठेकदारले पहिले नै प्रश्न पत्र आउट गरिदिएछ। एक पढन्ते बेरोजगारको लागि त्यो नै सबैभन्दा ठुलो त्याग थियो। आफ्नो रोजगारको लागि हेर्नुस् बहस पहिले नि चल्थ्यो, अहिले नि चलिरखेकै छ। हामी बेरोजगारबाट कसै न कसैको रोजगार चलिराकै छ। तर आफ्नो अत्तोपत्तो छैन। साच्चिकै थाकिसकेको थिएँ म । अब यो भन्दा बढी त सकिदै सकिदैन बरु आफैँ सकिन्छु जस्तो लाग्यो। यो जवानी, घरबाट आउने खर्च। यसैले जिन्दगीसंग सम्झौता गर्दै पढ्ने र पढाईसंगै थाती राख्दै रित्तै घर फर्किए। अनि सबै कुरा भुलेर पुर्ख्यौली पेशा सम्हाल्न पुगे।

सम्बन्धित समाचार