सहिद पार्क निर्माणमा ठूलो अनिमियतता, सम्बन्धित निकाय नै चुपचाप

राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक निर्माण तथा व्यवस्थापन समितिका अनुसार २ बर्ष देखि ठेक्केदार पनि यहाँ झुल्कीएका छैनन् । यी निर्दाेष संरचनाहरुले पनि यही बताउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सोझै अघिल्तीरको यो जंगलमा अच्कल्टो अवस्थामा रहेको संरचनाहरुप्रति गरिएको व्यवहारले सहिद र सहिदको रगतको कति अपमान भइरहेको छ भन्ने संकेत गर्छ ।

पार्कको पुरा निर्माणका लागि ५ वटा प्याकेज बनाइएको छ ।

  • प्याकेज १ मा पैदल मार्ग, पानी टैँकी तथा सतह ढल, गेट तथा गार्ड सेड, पार्किङ क्षेत्र, रिटेनीङ वाल, सार्वजनिक शौचालय,
  • प्याकेज २ मा स्मृती स्मारक शान्ति पिरामीड,
  • प्याकेज ३ महा सुचना केन्द्र, रेष्टुँरा हल, पसल तथा कार्यलय, सामुदायिक भवन,
  • प्याकेज ४ मा मुर्तिस्थल, चार सहिद पार्क, शान्ति स्तुप, चैत्यहरु, बगैँचा
  •  प्याकेज ५ मा पिकनिक क्षेत्र, भ्यु टावर, खानेपानी, तारबार, आन्दोलन पार्क, टिकट घर र भजन मण्डली निर्माण गरिने भनिएको छ ।

तर दृश्य बोलिरहेका छन् अधिकांश संरचना बनेका छन् तर आधा मात्रै र कुनै संरचना नमुना खेलौना बनाए जस्तो बनाइएका छन् । नियम अनुसार पार्कभित्र चौपायहरुलाई प्रवेश पुर्ण रुपमा प्रवेश निषेध गर्नु पर्छ तर यहाँ गाइबस्तु निर्बाध चरण गरिन्छ । अझ अर्काे कुरा स्थानियका अनुसार पार्क यौन क्रिडास्थलको रुपमा परिणत हुदैछ ।

पार्क निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक निर्माण तथा व्यवस्थापन समिति बनाइएको छ । समितिमा सवै राजनितिक दलका स्थानिय प्रतिनिधिहरु सामेल छन् । नेपाली काग्रेसका नेता सुदर्शन सिग्देलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति छ । यो समिति बनेको एक दशक भयो । पार्कको यो हविगत देखिए पछि हामी अध्यक्षसंग खास कुरा बुझ्न गयौँ । उनले हामीलाई यस्तो आश्चार्यजनक जवाफ दिएकी हामीलाई पंगुृ बनाउन खोज्दैछन् । सिग्देलले भने, पार्क भित्रका भवनहरु सवै बनिसकेका छन् । अब बनाउन केही बाँकी छैन । फिनिसिङ मात्रै बाँकी छ ।

उनले भने यहाँ ७० प्रतिशत काम सकिएको छ । तर त्यहाँको दृश्यहरुले त्यसो भन्दैन । योजनामा रहेका शीर्षकहरु अनुसार अधिकांश काम अपलत्र छ । एकातीर उनी काम भएको भन्दै बचभाउ गर्छन् अर्कातर्फ कुरा फर्दै भन्छन्, ठेक्केदारले काम गरेन अब ठेक्केदार परिवर्तन गर्नुपर्छ ।   सिग्देलले ठेक्केदार परिवर्तन गर्न भन्दै मोटो प्रस्ताव नै गृह मन्त्रालयमा पेश गरेका छन् । एकातिर ठेक्केदारले काम गरेन भने कोलाहल मच्चाउने अर्कातिर पार्क निर्माणमा कोही कसैबाट एमक रुपैयाँ अनियमितता नभएको भन्दै अनियमितता भएको प्रमाणित भए सवैभन्दै आफु जेल जाने बताए ।   तर आर्थिक पक्ष आफुसंग नजोडीएको भन्दै मन्त्रालयलाई दोष दिदै थिए ।

श्रोतका अनुसार पार्क निर्माणमा सिग्देलले खलनायक प्रवृत्ति देखाइरहेका छन् । कतिपयले त अनियमितताको जालो समेत उनैबाट सुरु भएको बताउछन् । अध्यक्षको अधिकार दुरुपयोग गर्दै पार्कको पर्खाललाई नै असर गर्ने गरी प्लटीङको काममा सहयोग गरिरहेका छन् ।
सिग्देलले मनोमानी निर्णय गर्दै गुरुयोजना विपरित पार्कको संरचनालाई नै कुरुप हुने गरी व्यक्तिगत मिलोमतोमा पार्क भित्री बाटो हुदै उत्तरी क्षेत्रमा पर्ने पार्क सुरक्षा घेरामा रहेको फलामे पिल्लरसमेत भत्काएर जग्गा प्लटिङ कार्य भइरहेको छ । उत्तरी भेगमा रहेको चन्द्रमति खोलाको किनाराबाट बेरिएको पिल्लरसहितको काँडेतारलाई भत्काएर नक्सामा नभएको बाटो खुलाई दिएको छ । सो स्थानमा जग्गा अनाधिकृत रुपमै प्लटिङ कार्य भईरहँदा सम्बन्धित निकाय समेत मौन छन् । कंक्रिट पर्खाल र बार नै भत्कीने गरी पार्कको जमिन खोपीएको छ । एक व्यक्तीले पार्कलाई यत्रो चुनाती दिँदा समेत यहाँ पार्कका अध्यक्ष बोल्न सक्ने अवस्थामा छैनन् ।

 

Satkar Media House
Leave A Reply

Your email address will not be published.