खोपमा लापरबाही गर्दा चार बालबालिकाको २४ घन्टाभित्रै मृत्यु

असार १८, काठमाडौं । सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

डोटीमा नौ वर्षअघि दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु भएको थियो। उनीहरूलाई खोप लगाउनेबित्तिकै कामज्वरो, झाडापखाला र बान्ता भएको थियो। सरकारी निकायको हेलचेक्र्याइँका कारण ती बालबालिकाको ज्यान गएको भनी परेको मुद्दामा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा।आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बिहीबार परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।

राज्यका अधिकारीको असावधानी र गैरजिम्मेवारीका कारण निर्दोष बालबालिकाको ज्यान गएको ठहर सर्वोच्चको छ।

दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्दा औषधि र खोप परीक्षण नगरी वितरण गरेको पाइएको सर्वोच्चले जनाएको छ। आदेशमा खोप तथा औषधि परीक्षण गरेर मात्र बालबालिकालाई वितरण गर्न भनिएको छ।,

Satkar Media House
Leave A Reply

Your email address will not be published.