हाम्रो टिभी की भिजे स्मारिका र सागर घिसिङबिच माया झल्कियो (भिडियो)

काठमाडौं । पछिल्लो समय एकदमै रुचाईएका गायिका जितु लोप्चान र अार.के योन्जनको स्वरमा नयाँ गीत रिलिज भएको छ । निमा दोङको संगीत रहेको उक्त गीतमा गीतकार कुमार स्याङ्बाको शब्द छ । झण्डै एक दशकदेखि गीत लेखनमा सक्रिय रहेका गीतकार स्याङ्बा पछिल्लो समय मायाप्रेमका शब्दमा धेरै हिट गीत दिने गीतकारमा गनिन्छ । स्याङ्बाले जागरणमुलक र साँस्कृतिक गीतलाई पनि लेख्ने बताउँछन् । शुक्रबार बौद्धको एक रेष्टुरेन्टमा प्रेसमिटमार्फत ‘ए बिना ङा’ बोलको तामाङ गीत सार्वजनिक गरिएको हो । भिडियो: [embedyt] https://www.youtube.com/watch?v=Q4OkQ_Pv6iE[/embedyt]

सार्वजनिक उक्त भिडियोमा हाम्रो टिभी की भिजे स्मारिका लामा र नायक सागर घिसिङले अभिनय गरेका छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा स्मारिका र सागरको केमिस्ट्री मिलेको देखिन्छ । भिडियोमा स्मारिका र सागरको प्रेमलाई देखाइएको छ । संचार क्षेत्रमा कार्यरत लामा दर्शकको साथ र माग आएमा फिल्ममा पनि देखिने बताउँछन् । भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको देखिन्छ । 2nd OSNEPAL MUSIC AWARDS 2075 मा Best Selo/Tamang Model (Male) को Top 5 मा छनोट भएको सागरले अाफ्ना दर्शकमाझ भोट अपिल समेत गरेका छन् । उनलाई osn space 64 type गरी 3301 मा सेन्ड गरि भोट गर्न सकिन्छ । यस भिडियोका प्रस्तुतकर्ता समेत रहेका सागर भन्छन्, ‘गीतमा धेरै मेहनत गरिएको छ । मेहनत अनुसार दर्शक-स्रोताले रुचाउने अाशा लिएका छौं ।’

अजय स्याङ्तानको कोरियोग्राफी रहेको भिडियोमा सुर्य लामाको छायांकन रहेको छ । भिडियोलाई सुर्य लामाले नै सम्पादन गरेका हुन् । दिपेश प्रधानले मिक्सिङ गरेको गीतको एरेन्जर बबी राज घतानी हुन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.