गायक ओम वाईबाको अर्को प्रस्तुति “तामाङले सेलो गीत गाउँछ” सार्वजानिक (भिडियो सहित)

असार १५, काठमाडौं । गायक ओम तामाङ वाईबाको अर्को प्रस्तुति “तामाङले सेलो गीत गाउँछ” सेलो भाका सार्वजानिक भएको छ ।

नेपाल कला साहित्य प्रतिष्ठानको बार्षिक उत्सबको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमको बिच सार्वजानिक गरिएको हो ।आस्मान लोप्चनको शब्द, निरोज लामाको संगीत रहेको गीतमा अभिनय र निर्देशन ओम तामाङ वाईबाकै रहेको छ। त्यस्तै म्युजिक भिडियोमा सुस्मा मोक्तान, अस्मि स्याङतान र राजेन्द्र वाईबाको पनि अभिनाय रहेको छ ।

 

सूर्य लामाको छायांकन तथा सम्पादनमा बनेको भिडियोले गायक ओमको चर्चा चुलिरहेको छ । नृत्य प्रशिक्षकबाट मोडलिङ गर्दै निर्देशन समेत गरेका गायक तामाङले पछिल्लो समय गित पनि गाएका हुन । दर्जनभन्दा बढि गीतमा अभिनय गरिसकेका उनले दुईवटा गीत सोल्टिनि कान्छि र तामाङले सेलो गीत गाउँछ बोलको सेलो भाकाहरु बजारमा ल्याईसकेका छन ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.