गायक सुरेश तामाङको कमेडी लोकदोहोरी ‘पर्दा लाको होटल’ सार्वजनिक (भिडियो सहित)

असार ११, काठमाडौं । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायक तामाङको यो दोस्रो कोसेलीको रुपमा प्रस्तुत भएको कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतमले साथ दिइएकी छन् । म्युजिक भिडियोमा हास्यकलाकार यादब देवकोटा (सरापे) र कृष्मा ढकालले अभिनाय गरेका छन् । निकै नै ठट्यौली भाका ‘पर्दा लाको होटल’ पनि पहिलाको मेलम्ची बजार जतिकै रुचाउने गायक सुरेस तामाङले बताए। गीतमा लय÷शब्द गायक तथा संचारकर्मी भिमसेन खतिवडाको रहेको छ भने एरेन्ज बिष्णु तामाङ्ले गरेका हुन् । विष्णु चौहानले निर्देशन गरेको सो म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन भने सम्पादन राजेश कुमारको रहेको छ ।

नेपाली गीत जगतमा पुनः दुई बर्षपछि फर्किएका गायक तामाङले पहिलो कोसेलीको रुपमा सेलो पप गीतमा आफ्नो स्वर दिईसकेका छन्। उनि प्राविधिक क्षेत्रमा रहेर पनि गीत सङ्गीतलाई साथमा डो¥याउँदै अगाडी बढिरहेका मेहनती गायक हुन् । अन्लाईन रोधिघरबाटै साङ्गितिक यात्रा सुरु गरेका गयक हाल नेपाल सहारा अन्लाईन रोधिघर,सिन्धु मेलम्ची अन्लाईन रोधिघर अनि सिन्धु गोल्मास्थान अन्लाईन रोधिघरमा रहि बचेका समयलाई सदुपयोग गर्नको निम्ति दोहोरी गाउँदै आएको गायक तामाङ विभिन्न कार्यक्रमहरुमा पनि ब्यस्त छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.