‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडियो सार्बजनिक

अमेरिका । अमेरिकामा खिचिएको म्युजीक भिडियो ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडियो सार्बजनिक भएको छ ।

कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ । भिडीयोमा प्रेम र बिछोड देखाइएको छ । अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै सुन्न सकिन्छ ।

गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् । पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ । भिडियोलाई बजार ब्यबस्थापन बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको हो ।

हेर्नुहाेस् भिडियाे । 

Satkar Media House
Leave A Reply

Your email address will not be published.