भोटेयामुनाका गायक बुद्धिमान मोक्तानले ल्याए ‘सेलो गीत’ (भिडियो)

गायक बुद्धिमान मोक्तानको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । गायक मोक्तान तामाङ संस्कृति परिवेश झल्किएको ‘सेलो गीत’ लिएर दर्शक तथा श्रोतामाझ अाएका छन् । आफ्नै स्वर, शब्द र संगीतमा भिडियो ‘भनिदेउन अाप्पा’ हालै युट्युवमा सार्वजनिक भएको छ । भिडियो हेर्नुस् :[embedyt] https://www.youtube.com/watch?v=aAQRv-yXiEg[/embedyt]

मजदुर फिल्मस् को ब्यानरबाट निर्माण भएको उक्त गीतको भिडियोमा मोडल अन्दाज घिसिङ, बिपना, लोप्साङ, भगवती र भरतले अभिनाय गरेका छन् । बाबु जिम्बाको निर्देशन रहेको सो भिडियोको छाँयाङ्कन तथा सम्पादन आशिष जिम्बाले गरेका हुन् । यौवन उमेरमा आस्याङ (कुटुम्बा) को छोरी प्रति आकर्षणको शब्दहरू गीतले प्रस्तुत गरेको छ । गीतको एरेन्ज राजन कार्कीले गरेका थिए ।

१८ बर्षको उमेरबाटै गायन क्षेत्रमा प्रवेश गरेका गायक मोक्तान सिन्धुपाल्चोकको भोटे यामुनामा जन्मेका हुन् । सानैदेखि संगीत क्षेत्रमा रुचि राख्ने मोक्तान काठमाडौंलाई कर्मथलो बनाएपछि आफ्नो सांगीतिक संघर्ष सुरु भएको बताउँछन् । यसभन्दा अगाडि मोक्तानले गाएका दुई नेपाली लोकदोहोरी गीत बजारमा छन् ।

आगामी दिनमा थुप्रै नयाँ गीत ल्याउने तयारीमा रहेको उनले बताए । आफुँले सधैं यस क्षेत्रमा नै दुःख गर्ने र यसमै समय समर्पित गर्ने प्रतिबद्धता उनले गरेका छन् । यस्तै आफ्नो प्रस्तुति हेरेर कामको सहि मुल्यांकन गरेर उचित सल्लाह, सुझाब, प्रतिक्रिया र अगाडी बढ्ने हौसला समेत प्रदान गर्न दर्शकहरुलाई आग्रह गरेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.