असार ४, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । सोमबार साँझ निधन भएका देवकोटाको मंगलबार अन्तेष्टि हुनेछ । सोमबार साँझ ५ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो । देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ ।
डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन्। वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गरेका थिए । डा. देवकोटाका श्रीमती र ३ छोरी छन् ।